बुटवल १० बैशाख । लायन्स क्लब अफ बुटवल क्षितिजले बुटवल उपमहानगरपालिकामा दैनिक रुपमा सरसफाइ क्षेत्रमा कार्यरत कर्मचारीलाई मास्क र ग्लव्स वितरण गरेको छ । विश्वभरी महामारीको रुपमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्वास्थ सुरक्षालाई केन्द्रित गरेर ६० थान एन 95 मास्क , १०० थान सर्जिकल मास्क र २०० पिस मेडिकल पन्जा हस्तान्तरण गरेको छ ।…