लुम्बिनी

नगर क्षेत्रमा निःशुल्क शिक्षाका लागि विद्यालयको खातामा रकम



प्युठान ८ असार । प्युठान नगरपालिकाले चालु आर्थिक वर्षमा नगर क्षेत्रमा कक्षा १ देखि १० सम्म निःशुल्क शिक्षा कार्यक्रम लागु गरेको छ । यसका लागि चालु आर्थिक वर्ष ०७६\०७७ को बजेटमार्फत नगरपालिकाले निःशुल्क शिक्षाको कार्यक्रम अघि सारेको थियो ।नगरपालिकाले भर्ना अभियानका क्रममा शुल्क तिरेका विद्यार्थीलाई रकम फिर्ता गर्नेगरी सामुदायिक विद्यालयका खातामा रकम जम्मा गरिदिएको छ । शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले नगरपालिकाले गरेको निर्णयको कार्यान्वयन गर्दै ३४ सामुदायिक विद्यालयका खातामा रकम जम्मा गरिएको नगरपालिकाका शिक्षा स्रोत व्यक्ति विष्णु पोख्रेलले बताउनुभयो । निःशुल्क शिक्षाकै लागि नगरपालिकाले ती विद्यालयका लागि रु ६३ लाख उपलब्ध गराएको उहाँको भनाइ छ । 

           अठार प्राथमिक विद्यालयले निःशुल्क भर्ना गराएका थिए ।  अन्य नौ माध्यामिक विद्यालय, १८  आधारभूत विद्यालय र सात  प्राथमिक विद्यालयको खातामा रकम जम्मा गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार विद्यालयको खातामा जम्मा भएको रकम  बन्दाबन्दीले विद्यार्थीलाई बाँड्न सकिएको छैन  ।

         नगरभित्रका सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि तीन वर्षको नगर शिक्षा योजना अघि सारिएको नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो । शिक्षा योजनामार्फत भौतिक पूर्वाधार, शिक्षाको गुणस्तर वृद्धि, एक वडा एक नमूना विद्यालय, प्रविधिमैत्री विद्यालय बनाउनका लागि चालु आर्थिक वर्षमा काम भइरहेको उहाँको भनाइ छ । 

         शिक्षाको गुणस्तर अभिवृद्धि गराउने उद्देश्यले शिक्षक कमी भएका विद्यालयमा अनुदानमा शिक्षक राखिएको छ । नगरपालिकाले चालु आवमा शिक्षक अनुदानका लागि रु एक करोड ३० लाख बजेट विनियोजन गरेको थियो । अनुदानमा राखिएका शिक्षकले प्रावि तह भए रु १२ हजार, निमावि तह रु १५ हजार र मावि तह रु २५ हजार मासिक पाउने छन् । नगरपालिकाले प्रावि, निमावि र माध्यामिक विद्यालयका लागि  अनुदानमा ७० शिक्षक भर्ना गरेको नगरप्रमुख कक्षपतिले बताउनुभयो । 

प्रकाशित : ८ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६