परासी, १८ जेठ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा गरिएको आरटिडी परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको छ । गाउँपालिकाका ८ स्थानमा क्वारेन्टाइन छन् । तिमध्ये ७ वटा क्वरोन्टाइनमा रहेका ९१ जनामा गरिएको आरटिडी परीक्षणमा ११ जनाको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिनुभयो । पोजेटिभ देखिएका सबैको स्वाब संकलन गरेर काठमाण्डौं पठाइएको छ ।…