बाँके ८ भदौ। जिल्ला प्रहरी कार्यालय बाँकेले लागूऔषधसहित पक्राउ गरेका एक व्यक्ति आइसोलेसन सेन्टरबाट फरार भएका छन् । लागूऔषध मुद्दामा पक्राउ परेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखिएको थियो।बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले खजुरास्थित कृषि तालिम केन्द्रमा रहेको आइसोलेसन सेन्टरबाट थुनुवा भागेको पुष्टि गरेका छन् । उनको खोजीमा प्रहरी टोली परिचालित भइसकेको छ…