परासी, २१ जेठ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले टेलिभिजनसहितको आइसोलेसन सेन्टर निर्माण गरेको छ । नगरपालिका क्षेत्रमा रहेको बाल सिकाई केन्द्रको भवनमा अत्यन्तै कम लगानीमा २५ बेडको आइसोलेसन निर्माण गरिएको नगर प्रमुख भीम बहादुर थापाले बताए । आर्थिक बोझ कम गर्न नगरपालिकाले सहयोगी दाताबाट बेड सहयोग मागेको हो । आइसोलेसनमा रहेका सबै बेड बुटवलको एक स्वास्थ्य संस्थाले…