बुटवल ३ जेष्ठ । नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी सदस्य मुख्यमन्त्री शंकर पोखरेलले पछिल्ला दिनमा नेतृत्व आपसी अन्तरसंवादतर्फ केन्द्रित हुँदा पार्टीभित्रका विवाद कम हुँदै गएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका तत्कालिन महासचिव जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको २७ औं स्मृति दिवसका अवसरमा आज बुटवलमा आयोजित स्मृति कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री…