बुटवल २६ चैत । कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास बारे आज माननीय मुख्यमन्त्री शंकर पोखरेलले सीमावर्ती पाँच स्थानीय तहका प्रमुखसंग एकीकृत भिडियो संवाद गर्नु भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा स्थानीय तहका प्रमुखसंग मुख्यमन्त्रीले गर्नुभएको यो पाचौें भिडियो संवाद हो । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे, कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा, कृष्णनगर…