विजयनगर, कात्तिक २६ कपिलवस्तुको विजयनगर गाउँपालिका–२ स्थित इन्द्रेणी सामुदायिक बन उपभोक्ता समूहको १५औँ साधारणसभा बुधबार लोहरौलामा सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समूहले वन संरक्षण, पुनरुत्पादन तथा सामुदायिक सहभागितामार्फत वनको दिगो उपयोगमा जोड दिएको छ ।कार्यक्रमकी प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले सामुदायिक बनहरू वन संरक्षण र…