बैतडी १० बैशाख । बैतडीका विभिन्न स्थानमा परेको असिनाले गहुँबाली र तरकारीबालीमा व्यापक क्षति पुर्याएको छ । मङ्गलबार अपराह्न दिउँसो जिल्लाको पुर्चौंडी नगरपालिकाका विभिन्न स्थानमा परेको असिनाले गहुँबालीमा व्यापक क्षति पुर्याएको स्थानीय विनोदकुमार कुँवरले जानकारी दिनुभयो । उहाँले भन्नुुभयो, “भित्र्याउनै लागेको गहुँबालीमा असिनाले व्यापक क्षति पुर्याएको छ ।”नगरपालिकाका सबै वडामा असिनाले गहुँबालीमा क्षति पुर्याएको बताइएको…