सुदूरपश्चिम

ढिस्कोले पुरिएर तीन बालक घाइते



बाजुरा, १० वैशाख । जिल्लाको बडिमालिका नगरपालिका–३ रजालीको घोगाली गाउँका तीन बालक माटोको ढिस्कोमा पुरिएर घाइते भएका छन् । घाइते हुने सोही वडाका ईश्वरी खड्का र उनका १४ वर्षीय छोरा रवीन्द्र खड्का र ११ वर्षीय लोकेन्द्र खड्का रहेका छन् भने सोही गाउँका कर्ण खड्काका नौ वर्षीय छोरा देवेन्द्र खड्कासमेत घाइते भएका छन् । घाइते तीन बालकलाई अहिले जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेकामा लोकेन्द्रको अवस्था गम्भीर रहेको वडा अध्यक्ष वीरबहादुर रावलले जानकारी दिनुभयो । मङ्गलबार दिउँसो घर नजिकै रातोमाटो खन्ने क्रममा ढिस्को खसेको थियो । गम्भीर घाइते बालकलाई जिल्ला अस्पतालमा उपचार हुन नसकी बयालपाटा अस्पतालमा सिफारिस गरिएको छ । माटोमा पुरिएको भन्ने खबरपछि स्थानीयवासीले माटोबाट निकालेर जिल्ला अस्पताल बाजुरामा ल्याएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रकाशित : १० बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६