काठमाडौँ, २७ माघ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीसहित नेकपा एकीकृत समाजवादीका नरेश शाही र कांग्रेसका प्रकाश देउवालाई मन्त्रीको शपथ गराउनुभएको छ। एमालेका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि संवैधानिक प्रावधानअनुसार बिहीबार कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। देउवा कांग्रेस सभापति शेरबहादुर…