प्रदेश

सुदूरपश्चिमका मुख्यमन्त्री शाहसहित दुई मन्त्रीले लिए शपथ



काठमाडौँ, २७ माघ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीसहित नेकपा एकीकृत समाजवादीका नरेश शाही र कांग्रेसका प्रकाश देउवालाई मन्त्रीको शपथ गराउनुभएको छ।

एमालेका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि संवैधानिक प्रावधानअनुसार बिहीबार कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। देउवा कांग्रेस सभापति शेरबहादुर देउवामा भतिज हुनुहुन्छ । शाही आर्थिक मामिला र देउवा भौतिक पूर्वाधारमन्त्री बन्नुभएको हो।

प्रकाशित : २७ माघ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६