प्रदेश

बझाङ जीप दुर्घटना :  सुदूरपश्चिमका मन्त्री सिंहसहित तीन जनाकाे ज्यान गयाे



बझाङ, ०५ असार । बझाङकाे केदारस्युँ गाउँपालिकामा भएकाे जीप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकाे ज्यान गएकाे छ । 

दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका सिंहकाे उपचारका क्रममा नेपालगञ्जकाे काेहलपुर मेडिकल कलेजमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी सहायक निरीक्षक केशव भट्टले जानकारी दिनु भएकाे हाे।

उहाँलाई बझाङबाट हेलिकप्टरमार्फत् उपचारका लागि नेपालगञ्ज लगिएकाे थियाे ।  दुर्घटनामा मन्त्री सिंह, उहाँकी श्रीमती अमृतादेवि सिंह र भाउजु जानकी सिंहसहित तीन जनाकाे ज्यान गएकाे छ । 

दुर्घटनामा घाइते भएका जीप चालक धर्मराज जाेशी र सुरक्षागार्ड दीपक भण्डारीकाे नेपालगञ्जमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको हाे ।

प्रकाशित : ५ असार २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६