काठमाडौं, असोज ३०-
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) को संयुक्त आयोजनामा आईसीसी एसिया सम्मेलन नेपालमा हुने भएको छ ।
नोभेम्बर १९ देखि २१ सम्म सम्मेलन नेपालमा हुन लागेको क्यानले जनाएको छ । सम्मेलनमा एसियाका टेस्ट क्रिकेट खेल्ने तथा एसोसिएट सदस्य राष्ट्रका प्रतिनिधिहरूका साथै अन्तर्राष्ट्रिय क्रिकेट समुदायका प्रतिनिधिहरू पनि सहभागी हुनेछन् ।
यस सम्मेलनको आयोजना नेपाली क्रिकेटका लागि एक महत्वपूर्ण उपलब्धि हुने क्यानले सामाजिक सञ्जालमार्फत जनाएको छ । यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थिति थप मजबुत बनाउनुका साथै खेलकुद पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ। सम्मेलनमा सहभागी प्रतिनिधिहरूले एनपीएलको फाइनल खेलसमेत प्रत्यक्ष अवलोकन गर्नेछन् ।









प्रतिक्रिया