काठमाण्डौ, २७ असोज । नेपाल साफ च्याम्पियनशिपको फुटबलको फाइनलमा पुगेको छ । आज भएको खेलमा बङ्गलादेशसँग एक–एक गोलको बराबरी खेल्दै नेपाल पहिलो पटक फाइनलमा पुगेको हो । आज बुधवार मालेको राष्ट्रिय रङ्गशालामा भएको खेल एक(एकको बराबरीमा सकिएपछि नेपाल इतिहासमै पहिलो पटक फाइनलमा पुगेको हो । खेलको नवौँ मिनेटमा बङ्गलादेशका लागि सुमन रेजाले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता…