अन्तर्राष्ट्रिय

आईपीएल क्रिकेटको उपाधि चेन्नईलाई, कोलकाता २७ रनले पराजित



काठमाडौं,३० असोज। इण्डियन प्रिमियर लिग आईपीएल–२०२१ को उपाधि महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नाइ सुपर किंग्सले जितेको छ । गएराति दुबईमा भएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउँदै चेन्नाईले उपाधि उचालेको हो ।

यससँगै चेन्नाइले आईपीएलको चौथो पटक उपाधि जित्न सफल भयो । पाँच पटक उपाधि जितेको रेकर्ड मुम्बई इण्डियन्ससँग छ ।

शुक्रबार भएको फाइनल खेलमा कोलकातासामु १९३ रनको विजय लक्ष्य थियो । तर उसले पूरै २० ओभर खेल्दा १६५ रन मात्र बनाउन सक्यो । यसअघि पहिले ब्याटिङ गरेको चेन्नाईले फाफ डु प्लेसीको ८६ रन योगदानमा केबल ३ विकेटको क्षतिमा १९२ रन बनाएको थियो ।

प्रकाशित : ३० आश्विन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६