काठमाडौँ ८ पुष । फुटबल मैदानमा आफ्ना विपक्षीलाई मुखमा थुुक्ने एक खेलाडीमाथि ५ खेलको प्रतिबन्ध लागेको छ । बोरुसिया मोनेशेनग्लाबाखका स्ट्राइकर मार्कस थुरमले जर्मन बुन्डेसलिगाअन्तर्गत एक खेलका दौरान होफेननहिमका खेलाडीको मुखमा थुुकेका थिए । यसपछि उनीमाथि ५ खेलको प्रतिबन्ध लागेको हो । यो प्रतिबन्ध जर्मन कप र बुन्डेसलिगामा लागु हुने जर्मन फुटबल महासंघले जनाएको छ…