भैरहवा १८ पुस ।लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बौद्ध दर्शन सत्य, तथ्य र वैज्ञानिक रुपमा आधारित रहेकाले नेपालको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएका छन् । शनिबार लुम्बिनीमा आयोजित एक कार्यक्रममा शेरचनले बौद्ध दर्शन पाठ्यक्रममा समावेश गर्न निकै ढिला भएको गुनासो गरे । बौद्ध दर्शनलाई पाठ्यक्रममा समावेश गर्न ढिलाइ हुनुमा विभेद् रहेकोसमेत उनले दाबी गरे ।…