सिद्धार्थनगर १० चैत्र । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण प्रभावित भएको लुम्बिनी घुम्न आउने पर्यटकको सङ्ख्यामा केही हप्तायता दिनानुदिन वृद्धि हुँदै गएको छ । लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार लुम्बिनी घुम्न आउने पर्यटकहरुको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो तथ्याङ्कअनुसार लुम्बिनी घुम्नेमा आन्तरिक पर्यटकको सङ्ख्या नै अत्यधिक रहेको छ ।…