काठमाडौँ, ९ कात्तिक सरकारले सबैको जायज माग, चासो एवं सरोकारलाई सम्बोधन गर्न सरकार सदा तत्पर र गम्भीर रहेको स्पष्ट पारेको छ । गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत धर्ना, जुलुस, प्रदर्शन, आन्दोलनलगायतका कार्यक्रम नगरी वार्ता र संवादका माध्यमबाट कुनै पनि मागको विधिसम्मत समाधान खोज्न सबैमा अनुरोध गरेको छ । जेनजीको अगुवाइमा भएको प्रदर्शनपश्चात् गठन भएको वर्तमान सरकार…