काठमाण्डौ । बेसारपानी खाएपछि कोरोना लाग्दैन भन्ने विवादास्पद अभिव्यक्ति दिनुभएका प्रधानमन्त्री ओलीले तातोपानीको बाफ लिने र नुनपानीले कुल्ला गर्दा कोरोनाबाट बच्न सकिने कुरा दोहोर्याउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तातोपानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानी बसाल्दा कोरोना सङ्क्रमणबाट जोगिन सकिने पनि बताउनुभयो । कोभिड–१९…