खेलकुद

मेयर कप तौलिहवाको उपाधी नं.१ लाई



कपिलवस्तु९ फागुन । कपिलवस्तु नगरपालिकामा सम्पन्न तेस्रो नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको उपाधी वडा नं १ का खेलाडीहरुले  पाएका छन । फाइनल खेलमा १ नं वडाले टस जितेर व्याटीङ्ग गर्दे १२५ रनको लक्ष्य वडा नं ४ लाई दिएको थियो । जवाफी खेलमा  ४ नं वडाका खेलाडीहरुले १३.५ बल खेल्दै ५४ रन बनाएर सवै खेलाडीहरु आउट भएका थिए । १ नं वडाका खेलाडीहरुले ७० रनको फराकिलो अन्तरले जित हासिल गर्दे ४० हजार नगद सहित ट्रर्फी प्रमाण पत्र हात पारेका थिए भने दोस्रो हुने ४ नं वडा ले ३० हजार नगद सहित ट्रर्फी प्रमाण पत्र प्राप्त गरेका छन ।

            यस्तै राम निवास यादव ३९ रन बनाएर म्यान अफ द म्याच जितेका छन भने ३ विकेट लिएर राज अग्रहरी बेस्ट बलरको उपाधी पाएका छन । त्यस्तै १२ ओटा वडाको सहभागीता रहेको खेलमा प्रतियोगिता अवधी भरी ९ विकेट लिएर ४ नं वडा का अव्दुल आलमीन ले म्यान अफ सिरज उपाधी पाएका छन । प्रतियोगिताको समापन कार्यक्रम बोल्दै खेल संयोजक तथा वडा नं ३ का वडा अध्यक्ष रुद्र प्रकाश गैरेले खेल खेलाडीहरुमा अत्मावल तथ उर्जा थप हुने बातएका छन । प्रतियोगितामा सवै खेलाडीहरु राम्रो खेलको प्रदशन गरेका हुदा अगामी दिनमा पनि यस्तो खेलको आयोजना गरिने गैरेले जानकारी दिएका छन ।

            मेयर कपको रुपमा फुटवल ,व्याटमिन्टन लगाएत विभिन्न खेल हरु खेलाइनु पर्ने जसले गर्दा सवै खेलका खेलाडी हरुलाई खेल प्रति आर्कषन बढने वडा नं १ का अध्यक्ष सुदिप पौडेल ले बताएका छन । नगर स्तरीय खेलमा जिते पनि आफ्नै नगरको जित हारे पनि आफ्नै नगरको हार हुदा यो सवै वडाकोे जित भएको पौडेलले बताए । यस्तै कार्यक्रम बोल्दै प्रमुख अतिथी सुरेन्द्र आर्चय ले प्रतियोगितामा भाग लिने सवै खेलाडीको लागी अगी बढ्न यस्ता नगर स्तरीय कार्यक्रम फलदायिक सावित हुने बताएका छन । खेलाडी हरुले आफ्नो रुची अनुसार विभिन्न खेलहरु खेल्नु पर्ने र नगरले यस्तो खेलको आयोजना गर्नु पर्ने आर्चयले बताएका छन ।

            अनुशासनमा खेल्ने खेलाडी ले हरुले खेल बाट नै जिल्ला देशको नाम चिनाउने गरेको विभिन्न उदाहरण हाम्रै जिल्लामा रहेको कार्यक्रमको अध्यक्ष नगर प्रमुख किरण सिंह ले बताएका छन । खेलाडीहरु र  खेल क्षेत्रको विकासको लागी हाम्रो नगरपालिकाले राम्रो बजेट छुटयाएको आफु पनि खेल प्रति नगर स्तरीय खेल प्रति आर्कषित भएको सिंहले बताएका छन ।  समाजिक विकास अधिकृत पदम श्रष्ठ को संचालन रहेको कार्यक्रममा वडा अध्यक्ष समाजसेवी पत्रकार लगाएतको उपस्तिथी रहेको थियो ।

प्रकाशित : ८ फाल्गुन २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६