पर्यटन

प्रदेश ५ को एक्स्पोमा के के हुँदैछ ?



दाङ ९ फागुन ।  प्रदेश ५ सरकारले दाङमा गर्न लागेको एक्स्पोको तयारी पूरा गरेको जनाएको छ । यही फागुन १०, ११ र १२ गते दाङको बेलझुण्डीमा तीन दिने प्रदेश एक्स्पो हुने भएको हो । सम्मृद्ध प्रदेश खुसी जनताको नारा लिएर अघि बढेको प्रदेश सरकारले एक्स्पोमा प्रदेश सरकारले सम्पादन गरेका कार्यहरु, प्रदेश भित्रका नवीनतम प्रविधि र कार्यहरुको जानकारी दिने, योग, ध्यान र निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको जनाएको छ । साथै प्रदेशभित्रका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय झलक, उत्पादित वस्तु तथा खाद्य सामाग्री लगायतको प्रदर्शन गर्ने सरकारको योजना छ । 

      रिपोर्टर्स क्लब प्रदेश ५ ले विहिवार आयोजना गरेकोे साक्षात्कार कार्यक्रममा बोल्दै प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकर प्रसाद खरेलले यो कार्यक्रम नाफामूलक नभएर जानकारमुखी भएको बताउनु भयो । उहाँले उक्त कार्यक्रममा प्रदेश ५ का सबै मन्त्रालयले आाफूले गरेको कामको प्रस्तुत गर्ने र १२ वटै जिल्लाबाट जिल्लाको पहिचान झल्किने उत्पादन तथा हालसम्म गरिएका कार्यक्रमको प्रदर्शनी रहने जानकारी दिनुभयो ।  

       त्यसैगरी विभिन्न शैक्षिक क्षेत्रबाट आविष्कार गरेका नविन प्रविधिहरुको प्रदर्शन, प्रदेशभित्रका मौलिक ज्ञान, सिप, लोककला, खाना, तथा परिकारको प्रस्तुती र प्रदर्शन रहनेछ । कार्यक्रममा निजी क्षेत्रहरुको स्टलमा उद्योगीहरुले आफ्नो व्यवसाय तथा उत्पादनको प्रदर्शन तथा प्रस्तुतीकरण गर्ने बताएका छन् । मुख्यमन्त्रीका प्रेस सल्लाकार शेरबहादुर के.सी. ले समग्र प्रदेशको विकास नै समृद्धि हो भन्दै यसको लागि सबै कार्यक्रमहरु एकै ठाउँमा गर्नु भन्दा फरक फरक ठाउँमा गर्दा त्यस ठाउँको पनि विकासमा टेवा पुग्ने बताउनु भयो । 

प्रकाशित : ८ फाल्गुन २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६