अर्घाखाँची ९ फाल्गुन । सन्धिखर्क नगरपालिकाले नगरपालिका भित्रका अगुवा कृषकहरुलाई हाते ट्याक्टर बितरण गरेको छ । कृषिमा आधुनिकीकरण र व्यवसायीकताको बृद्धि गर्न नगर भित्रका १२ अगुवा कृषक तथा कृषि समुहलाई हाते ट्याक्टर वितरण गरिएको सन्धिखर्क नगरपालिकाका नगर प्रम्ख कमल प्रसुाद भुसालले बताउनुभएको छ । ५८ हजार पाँच सय पचासको हाते ट्याक्टर २९ हजार २ सय ५० कृषकले ब्यहोर्ने र २९ हजार २ सय ५० नगरपालिकाले दिने गरि ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिक, उप सचिव युगल नारायण बस्याल, शाखा अधिकृत मञ्जु खनाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो ।
९ फाल्गुन २०७६, शुक्रबार
प्रतिक्रिया