देश

झापामा गत आवमा ३९३ लागु औषधका मुद्दा दर्ता



भद्रपुर (झापा), १० साउन

जिल्लामा गत आर्थिक वर्ष २०८२/८३ मा लागुऔषध कारोबार तथा प्रयोगविरुद्ध प्रहरीले निगरानी र खोजी गर्दै दोषीमाथि कारबाही प्रक्रिया चलाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले एक वर्षको अवधिमा लागुऔषध नियन्त्रणतर्फ कूल ३९३ वटा मुद्दा दर्ता भएका जानकारी दिनुभयो । उहाँका अनुसार लागुऔषधसम्बन्धी मुद्दामा सङ्लग्न कूल ६०४ जना पक्राउ परेका छन्, तीमध्ये ५६३ पुरुष र ४१ जना महिला रहेका छन् । पक्राउ परेकामध्ये ३८७ वटा मुद्दा फछ्र्यौट भइसकेका छन् भने छ वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेका छन् । यसैगरी पाँच जना प्रतिवादी अझै फरार रहेका प्रहरीले जनाएको छ । प्रहरीले यस अवधिमा तीन किलो ९४१ ग्राम ७९५ मिलिग्राम ब्राउन सुगर, १० किलो १९६ ग्राम २७० मिलिग्राम गाँजा, दुई लाख नौ हजार ६२४ पिस मनोद्विप ट्याब्लेट र एक हजार ८७० थान मनोद्विप एम्पुल बरामद गरेको छ । —

प्रकाशित : १० श्रावण २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६