प्रदेश

हाकिम खोजिदिन नगर प्रमुख शाहद्वारा ज्ञापन



कपिलबस्तु,९ फागुन ।जिल्लाको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहद्धार प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेललाई ज्ञापन पत्र बुझाउनु भएको छ ।कृष्णनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत विह्रिन भएको महिनादिन वित्यो ।     सरकारले अझैसम्म प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको पदस्थापन गर्न बिलम्ब गर्दा नगरपालिकामा काम विशेषले आउने सर्वसाधारणले दैनिक दुःख कष्ट पाउदै आएका छन् ।प्रमुख प्रशासकिय अधिकृतको पदास्थापन नहुदा योजना सँम्झौता देखि फरफराक गर्न र रकम भुक्तानी गर्न समस्या भएको नगर प्रमुख रजत प्रताप शाहले बताए । उहाँले लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक कामकाज बाहेक आर्थिक कारोबार तथा विकास निर्माण लगायतका काममा समस्या भएको बताए । सरकारलाई नगर प्रमुख शाहले भने छिटो भन्दा छिटो प्रमुख प्रशासकीय अधिकृत पठाउन अग्रह गरे ।             प्रशासकिय अधिकृत नभएकै कारण नगर कार्यपालीकाको कार्यलय शुनसान बनेको छ । सेवाग्राहीहरु प्रशासानिक कामको लागी टाढा–टाढाबाट धाएर आए पनि प्रमुख प्रसासकिय अधिकृत नहुदा समस्यामा परेको सेवाग्राहीहरुको गुनासो गरेका छन् ।प्रमुख प्रशासकिय अधिकृत नहुँदा चालु आर्थिक वर्षमा विनियोजन गरिएका योजनाको सम्झौताको काम समेत रोकिएको स्थानीयको गुनासो छ ।                                                यस आर्थिक बर्षमा नगरका गौरबका योजना साथै नगरका भौतिक पुर्बधार, सडक, लगायतका योजनाको सम्झौता गर्ने समयको चटारो भएको समयमा कार्यलय प्रमुखको अभाबमा काम काबार्ही आघि वढ्न प्रभावित भएको योजना शाखा प्रमुख प्रदीप चौधरीले बताए ।चालु आर्थिक बर्षको योजना सम्झौता गर्ने चटारो भएको अवस्थामा प्रमुख प्रशासकिय अधिकृत कै कारण समस्या भएको सर्बसाधरणको आरोप छ । एक जना कर्मचारी नहुदा स्थानीय सरकारको दैनिक कामकाजमा नै समस्या आउदा हजारौ सर्वसाधारणहरु मारमा परेका छन ।तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी तिनाउ गाउँपालिका पाल्पामा १ महिना अघि सरुवा भएर गए पछि प्रशासनिक कामकाज ठप्प भएको हो । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले यसलाई आजै सम्बन्धित निकायमा पठाउने बताए ।ज्ञापन पत्र बुझाउन नगरप्रमुख सहित नगरपालिकाका १२ वटै वडाका वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।

 

 

प्रकाशित : ९ फाल्गुन २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६