प्रदेश

स्वतन्त्रवाट निर्वाचित अध्यक्ष समाजवादीमा प्रवेश, किर्ते गरि नागरिकता लिने र दिने दुबैलाई कारबाही होस : यादव



कपिलवस्तु, ११ फागुन ।संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले किर्ते गरि नागरिकता लिने र दिने दुबैलाई कारबाही गर्नुपर्ने माग गर्नु भयो । आफूहरु विदेशीलाई नागरिकता दिनुहुन्न भन्ने पक्षमा रहेको उल्लेख गर्नुभयो । नागरिकताका विषयमा संविधान त्रुटीपूर्ण भएको यादवको दाबी छ । जन्म दिने आमाको नागरिकता देखाएर छोराछोरीले नागरिकता लिन पाउनुपर्ने उहाँको भनाइ थियो ।

   समाजवादी पार्टीको कपिलवस्तुद्धारा आयोजित आमसभामा बोल्दै यादवले सरकारले सम्झौता गरे अनुसारको मधेशका माग अझै पुरा नगरेको आरोप लगाउनुभयो । मधेश आन्दोलनको माग र संविधान संशोधनको मुद्धा तत्काल सम्बोधन गर्न माग गर्दै यादवले विभेद जारी रह्यो भने फेरी का्रन्तिको सुरुवात गर्ने चेतावनी दिनुभयो । आन्दोलनको विकल्प सहित समाजवादी पार्टी अन्तरिक गृहकार्यमा जुटेको यादवले बताउनुभयो । “समय आए पछि मधेशका जनताहरुले सरकारलाई जवाफ दिनेछन्” उहाले भन्नुभयो ।

         नेपाललाई सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियान चलाए पनि दुखी नेपाली दरिद्र नेपाल बनाउने प्रयासमा सरकार लागेको अरोप लगाउनुभयो । दलित जनजाती महिला पिछडीएको वर्ग हक अधिकार नदिए आफुहरु सरकार संग लडन र अन्दोलन गर्न तयार रहेको यादवले बताउनुभयो । मधेशमा आझै नागरिकताको विभेद रहेको र धेरै नागरिकले आझै नागरिकता नपाएको समेत दाबी गर्नुभयो । नागरिकता नपाउने वास्तविक नेपालीहरु भने धेरै रहेको यादवको दाबी छ । “यहाँका पिछडिएका समुदाय, मधेशी, आदिवासीले भने अझै नागरिकता पाएका छैनन् ” पार्टी अध्यक्ष यादवले भन्नुभयो ‘पैसा र अनुहार हेरेर नागरिकतामा विभेद नगरियोस्’ । 

        यता कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष निसार अहमद मुसालमान समाजवादी पार्टीमा प्रवेश गरेका छन । गाउँपालिका अध्यक्ष सगै वडा नं. ६ बाँसखोरका वडा अध्यक्ष पनि प्रवेश गरेका छन । स्वातन्त्र चुनाव जितेका अध्यक्ष र वडा अध्यक्ष समाजवादी पार्टीमा प्रवेश गरेका छन । निसार २०४७ साल देखि मधेशको राजनिति गर्दै आएका थिए । उनले सदभावना पार्टी गजेन्द्र नारायाण सिंहको समय देखि नै मधेशको राजनिति गर्दै आउनुभएको थियो । स्थानीय तहको निर्वाचनमा राजापाले चुनाव बहिष्कार गरे पछि निसार स्वातन्त्र चुनाव लडेर निर्वाचित बन्नुभएको थियो ।

       गाँउपालिका अध्यक्ष निसार मधेशको लागि काम गर्ने समाजवादी पार्टी मात्रै रहेकोले समाजवादी पार्टीमा प्रवेश गरेको बताउनुभयो । मधेशी जनता मत्रै हैन नेपालमा उत्पीडनमा परेको हरेका वर्गको पहिचान अधिकारको लागि संघर्ष गरिरहेको समाजवादी पार्टी रहेकोले आफु समाजवादी पार्टी रोजेको उहाको भनाई थियो ।  साथै नेपाल जनता पार्टीका जिल्ला अध्यक्ष सुनिल पाण्डेय, सचिव काशीनाथ पाठक लगायत कार्यकर्ताहरु ठुलो संख्यामा समाजवादी पार्टीमा प्रवेश गरेका छन् । मायादेवी गाउँकार्यपालिका सदस्य ईनरमति लोध पनि समाजवादी पार्टी प्रवेश गर्नुभएको छ । 



प्रकाशित : १० फाल्गुन २०७६, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६