पर्यटन

भ्रमण वर्षको प्रचार प्रसार गर्न भरतपुर लुम्विनी कार ¥याली



बुटवल ११ फागुन। नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै भरतपुर महानगरपालिकाले सुरु गरेको कार ¥यालीमार्फत लुम्बिनी जान आएको आन्तरिक पर्यटकको विशेष टोलीलाई शनिबार बुटवलमा स्वागत गरिएको छ ।बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले पर्यटन प्रवद्र्धनका लागि हिंडेको टोलीलाई बुटवल राजमार्ग चौराहामा राष्ट्रिय स्वाभिमानको प्रतिक जितगढी किल्लाको आकृति अंकित मायाको चिनो दिंदै स्वागत गर्नुभयो ।उपप्रमुख आचार्यले चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोख्रेल र भरतपुर महानगर प्रमुख रेणु दाहाललगायतलाई बुटवलमा स्वागत गर्दै बुटवल र भरतपुरको सहकार्यबाट आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिने बताउनुभयो ।उपप्रमुख आचार्यले भरतपुर र बुटवलमा पर्यटन प्रवद्र्धनका स्थान र सम्भावना धेरै रहेको भन्दै सहकार्यका साथ साकार पार्न सकिने उल्लेख गर्नुभयो ।भरतपुर महानगरका प्रमुख दाहालले घुमौ भरतपुर भन्दै सुरु गरिएको भरतपुर–लुम्बिनी कार ¥याली पनि एउटा माध्यम रहेको उल्लेख गर्दै सहकार्यका साथ पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु अगाडि बढाउनुपर्ने बताउनुभयो ।

                        प्रमुख दाहालले बुद्धवलीको बुटवल, ऐतिहासिक जितगढीको बुटवल र नारायणी सभ्यताको भरतपुरमा रहेका पर्यटन विकासका सम्भावनाहरुलाई मिलेरै साकार पार्नुपर्ने बताउनुभयो ।उहाँले बुटवलका नयाँ गन्तव्य र भरतपुरका नयाँ गन्तव्यहरुमा पर्यटन विकास गर्नका लागि साझा धारणा बनाउनुपर्ने बताउनुभयो । भ्रमण वर्षको अबसरमा भरतपुर घुम्ने निम्तो दिदै भरतपुर महानगरपालिकाले शनिबारदेखि नै कार ¥यालीको आयोजना गरेको उहाँको भनाइ छ । उक्त ¥याली भरतपुरबाट बुटवल–सैनामैना हुँदै लुम्बिनीसम्म पुग्ने छ ।बुटवल राजमार्ग चौराहमा आयोजित स्वागत कार्यक्रममा बुटवल उपमहानगरका कार्यपालिका सदस्यहरु टंकप्रसाद पराजुली, बिमला श्रेष्ठ, रञ्जित शेरचन, महाशाखा प्रमुख मित्रमणि खनाल, पर्यटन व्यवसयाीहरु, निजी क्षेत्रलगायतको सहभागिता थियो ।बुटवलले जितगढी–ऐतिहासिक नुवाकोटगढी, रामापिथेकश, सहस्रधारा, लक्ष्मीपार्क, हिलपार्क, कपरकट्टी बैठौलिया सिमसार क्षेत्रलाई जोडेर पर्यटन सर्किट बनाइरहेको छ । यी क्षेत्रहरुलाई जोड्दै बुटवलले पैदलमार्ग र चक्रपथ निर्माणको कामलाई पनि अगाडि बढाएको छ ।नारायणी नदी किनारमा चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोख्रेल र महानगर प्रमुख रेणु दाहालले संयुक्त रुपमा ¥यालीको शुभारम्भ गर्नुभएको थियो ।एक सय ५४ वटा कार सहभागी रहेको ¥यालीमा सहभागीलाई लुम्बिनी साँस्कृतिक नगरपालिकाले पनि शनिबारै स्वागत गरेको छ ।

              यसअघि गैंडाकोट नगरपालिकाले पनि ¥यालीलाई स्वागत गरेको थियो ।भरतपुर महानगर भित्र २९ वटा मुख्य पर्यटकीय गन्तव्यहरु पहिचान गरिएको छ । मेघौली, पटिहानी, बीसहजारी ताल, देवघाटधाम, ज्ञानेश्वरब्लक, नारायणी नदी बीच मोडेल तथा चौकी डाँडा महानगरको प्रमुख ७ केन्द्र रहेका छन् । संघीय सरकारको १०० गन्तव्यहरुमा सूचिकृत बीसहजारी ताल, पटिहानी तथा बागमती प्रदेश सरकारको १० पर्यटकीय गन्तव्य मध्ये सूचिकृत मेघौली पनि महानगरभित्रै पर्दछ ।पर्यटकीय गन्तव्य प्रचार गर्न खोजिएको बताउँदै पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले भरतपुर महानगरभित्र २९ वटा मुख्य पर्यटकीय गन्तव्य पहिचान गरिएको बताउनुभयो ।

प्रकाशित : ११ फाल्गुन २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६