पर्यटन

ओझेलमा टेङ्नैया गुफा



देउखुरी  ११  फागुन  । घना जंगलको बिचमा गुफा, नजिकै सानो खोला बगरिहेको छ । चराचुरुङ्गीको आवाज भन्दा अन्य आवाज कुनै छैन । बरु गुफा भित्रै प्रति सेकेण्ड पानीको तप्पतप्प खसेको आवाज सुन्निछ । पूर्वपश्चिम राजमार्गको लमही नगरपालिका वडा नम्बर ८ निमुखुट्टी देखि चार किलोमिटर उत्तरतर्फ जंगलको बिचमा रहेको टेङनैयाँ गुफामा देखिने दृश्य हो । गोठालाले पत्ता लगाएको यो गुफा प्राकृतिक हिसावले पनि भरिपुर्ण स्थानमा पर्यटन बर्षमा आन्त्रिक तथा बाह्य पर्यटकको स्वागतको लागि आतुर देखिन्छ । प्राकृतिक हिसावले गुफात्रि शिवको मुत्र्ती बनेको छ । त्यही मुक्र्तीमा खडेरी होस वा बर्षायामको भेल सकेण्डकै गतिमा पानीको थपा खसिरहन्छ । यो हिसावले पनि टेङनैया गुफामा र्दैविक शत्तीरहेको भन्दै स्थानीयले शिव गुफाकै रुपमा दर्शन गर्ने,पुज्ने गर्दछन । लमही नगरपालिका वडा नम्बर ८ खुट्टीका गिरवहादुर पुरीले टेङनैयाँ गुफा अनेत्रको गुफा भन्दा फरक भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, यहाँ पानी शिवको मुत्र्तीमा एकनासले सेकेण्डकै गतिमा खस्छ । अनेत्र पानी पाइदैन, गुफाभित्र मात्रै पानी त्यो पनि शिवको मुत्र्तीमा खसिरहनु,दैविक शक्तीको प्रभाव हो । 

                     टेङनैयाँ गुफाको प्रचार प्रसार नहुँदा ओझेलमा परेको स्थानीय बताउँछन । शिवशत्ती बाख्रा सामुदायिक वनमा रहेको उक्त गुफा संरक्षण गर्न र पर्यटन बर्षमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने गरि काम पनि भइरहेको छ । सामुदायिक वनका अध्यक्ष जनक बुढाले टेङनैयाँ गुफाको प्रचार गर्न सके यस क्षेत्रमा पर्यटन प्रवद्धृन गरी राम्रो आम्दानी गर्न सक्ने आधार रहेको बताउनुभयो । हाम्रो यहाँको गुफाको प्रचार प्रसार नभएकै कारण अ‍ेझेलमा परेको हो, यसको संरक्षण गरि पर्यटन प्रवद्धृन गर्न लागि परेका छौ,बुढाले भन्नुभयो । टेङ्नैयाँ गुफाले इतिहाँसिक महत्व बोकेकोले यस क्षेत्रको पर्यटकिय धरोहर भएको स्थानीय बताउँछन । पाण्डवहरु उत्तरापन्थको बाटोबाट जाने क्रममा रिहार हुँदै टेङ्नैयाँ गुफामा बास बसेको गरेको किम्बदन्ती पनि रहेको छ । गुफामा सप्त ऋषिहरुले तमस्या गरेकाले पनि गुफामा आश्चर्यढङगबाट शिवको मुक्र्तीमा जलधारा हुने गरेको जनविश्वास छ । टेङनैया बाबा धामिृक विकास समिति मार्फत त्यस क्षेत्रमा गुफा संरक्षण सम्बन्धि काम भइरहेको समितिका अध्यक्ष यादवनाथ योगीले जानकारी दिनुभयो । जसमा लमही नगरपालिकाबाट एकलाखको लागतमा गुफासंरक्षण, देउखुरी वन डिभिजनको दुइलाखको लागतमा गुफा अंगाढी समथर बनाउने, खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ । यस्तै त्यस क्षेत्रको विकास गर्नको लागि प्रायाप्त बजेट नभएका कारण सडक फराकिलो बनाउने,आवश्यक अन्य संरचनाको काम गर्न नसकेको समितिका सचिव योगीले जानकारी दिनुभयो । जलेश्वर महादेवको नामबाट पनि चिनिने टेङनैयाँ गुफामा प्रत्येक शिवरात्रीमा मेला लाग्ने गर्दछ । 

प्रकाशित : ११ फाल्गुन २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६