प्रदेश

सामाजिक विकास मन्त्रालयबाट परियोजनाको अनुगमन



नेपालगन्ज १२ फागुन । सामाजिक विकास मन्त्रालयबाट बाँके जिल्लामा सन्चालन भएको परियोजनाको अनुगमन गरिएको छ । प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगंज तथा  सामाजिक सचेतन सरोकार मंच ९स्याक०नेपाल बाँके को साझेदारिमा आ।ब। २०२० का लागी लैगिक रुपान्तरण तथा समाबेशि शिक्षा परियोजना बाँके र बर्दिया जिल्लाका बिभिन्न स्थानिय पालिकाहरुका शिक्षा शाखाको समन्वयमा परियोजनामा  भएका कृयाकलापहरु संचालन गर्दै आइरहेको छ । सो अनुगमन टोलीमा प्रदेश नं ५ को सामाजिक बिकास मन्त्रालय शैक्षिक योजना तथा अनुसन्धान महाँशाखाकाका उपसचिब थानेश्वर ज्ञवाली र लेखा अधिकृत मिन बहादुर घर्तिमगर र क्षेत्रिय शिक्षा निर्देशनालय बुटवलमा निर्देशक मनोज  कुमार गैरे रहनु भएको थियो ।  साथै प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगंजका क्षेत्रिय प्रबन्धक मिना पराजुली संयोजक केशव सुबेदी, स्याक नेपाल बाँकेका टिमलिडर नेत्रकला शाही, कार्यक्रम अधिकृत कल्पना अधिकारी,सिनियर सुपरभाईर लक्ष्मीप्रसाद शर्माको परियोजना संचालन भएका खजुरा क्षेत्रका आर्दश आधारभुत बिधालय,डिगाउ, अम्बेमाता आधारभुत बिधालय २ वटा सामुदायिक बिधालयमा  संयुक्त अनुगमन निरिक्षण सम्पन्न गरिएको छ । 

                         निरिक्षणका क्रममा  अम्बेमाता आधारभुत बिधालय प्र।अ अम्बिका थापाले बिधालय अनौपचारिक  शिक्षाबाट शुरु भएको बिधालय हाल प्राथामिक तह कक्षा ५ संचालनमा रहेको र प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल बाँकेको साझेदारिमा लैगिंक  रुपान्तरण तथा समाबेशि शिक्षा परियोजना अन्तरगत बिभिन्न कृयाकलापहरु बिधालयमा संचालन भए पछि बिधालयमा बालबालीकाको उपस्थितीमा बृद्घि, नियमित सहभागीता, कक्षा उर्तिणदर, बिगतको तुलनामा बृद्घि हुदै गइरहेको र यस परियोजनाले कक्षा शिक्षणमा सहजता बढाएको बताउनु भयो  । परियोजना संचालन भएका बिधालयको कक्षा कोठा अबलोकन, बिधार्थि तथा शिक्षकहरुसंग अन्तरकृया कार्यक्रम संचालन गरिएको थियो । अनुगमनमा सहभागी क्षेत्रिय शिक्षा निर्देशनालय बुटवलमा निर्देशक मनोज कुमार गैरे प्लान इन्टरनेशन नेपाल र स्याक नेपाल बाँकेले संचालन गरेका परियोजनाहरु बाल केन्द्रित र उपलब्धी मुलक भएको र यसलाई बिधालयले नियमित दिनु पर्ने बताउदै बिधालयले अझ  नमुनाको रुपमा बनाउदै लैजानु पर्ने बताउनु भयो । प्रदेश नं ५ को सामाजिक बिकास मन्त्रालय शैक्षिक योजना तथा अनुसन्धान महाशाखाकाका उपसचिब थानेश्वर ज्ञवालीले प्रदेश सरकारले बालबिकास देखि आधारभुत तह सम्मको  शैक्षिक गतिबिधिलाई निशुल्क बनाएको र गुणस्तरिय शिक्षाका लागी योजना बनाएको बताउनुभयो । प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगंजका क्षेत्रीय प्रबन्धक मिना पराजुलीले प्लान नेपाल र स्याक नेपालको थारै संख्यामा सहयोग गरेको बिधालय  तहमा बालबालीकाको शैक्षिक गुणस्तर बृद्घि गर्नमा मद्त पुगेको बताउनु भयो  । अनुगमनका क्रममा प्लान इन्टरनेशनल नेपाल र गेरुवा जागरण बर्दियाले संचालन गरेको बिधालय सरसफाई कार्यक्रम  समेत अनुगमन तथा निरिक्षण गरिएको थियो ।

प्रकाशित : १२ फाल्गुन २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६