प्रदेश

स्वास्थ्य सेवामा जनताले खर्च गर्नै नपर्ने अवस्था छिटटै ल्याउछौं :मन्त्री बराल



कपिलबस्तु १३ फागुन प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले जनताले स्वास्थ्यमा गर्दैआएको खर्च न्यूनिकरण गर्दै सून्यमा झार्ने योजनाका साथ प्रदेश ५ सरकार कृयासिल भएको वताउनु भएको छ । उहाले स्वास्थ्य सेवामा जनताले खर्च गर्नै नपर्ने अवस्था छिटटै ल्याउने दावि गर्नु भयो । जगदिशशपुरमा नव निर्मित निग्लीहवा स्वास्थ्य चौकीको समुद्घाटन गर्दै यस्तो वताउनु भएको हो । यसै वर्षवाट ३० हजार आँखाका रोगीको  निशुल्क अप्रेसन गर्ने प्रबन्ध मिलाएको वताउदै मन्त्री वरालले स्वास्थ्य क्षेत्रमा सरकार स्थिर लगानीका साथ अघि बढेको चर्चा गर्नु भयो ।


        मन्त्री बरालले नेपालकै प्रमुख पर्यटकीय गन्तव्य जगदीशपुर ताल समेत रहेको कपिलवस्तु नगरपाकिलका वडा नं ९ स्थित स्वास्थ्य चौकीले स्वदेशी र विदेशी पर्यटकलाई समेत उपचार सुविधा दिन सक्ने गरी निरन्तर स्तर बृद्धि गर्दै लैजाने आश्वासन समेत दिनु भयो ।यता प्रदेश ५का सांसद विष्णु पन्थीले जगदिशपुर क्षेत्रमा प्रदेश सरकारको ध्यान उच्च रुपमा पुगेको वताउदै अवको एक दुई वर्षभित्रै यो क्षेत्रले कायापलट हुनेगरी पर्यटकीय विकास गर्ने वाताबरण सरकारले  वनाएको दावि गर्नु भयो । सांसद पन्थीले कपिलवस्तु नगरका ४ वटा वडाको बीच रहेको जगदिशपुर स्वास्थ्य चौकीकालागि एम्बुलेन्स खरिदगर्न  प्रदेश सरकारले तत्काल सहयोग पुराउने वताउदै आवश्यक पहल र पत्राचार गर्न वडाध्यक्षलाई आग्रह गर्नु भयो । 

        कपिलवस्तु नगरपालिका वडा नं ९ का अध्यक्ष शिव वाग्लेको अध्ययक्षता र स्वास्थ्य चौकी इन्चार्ज हरेराम चौधरीको संचालनमा भएको स्वास्थ्य चौकी भवनको समुद्घाटन शत्रमा स्थानीय समाजसेवि ललित गुरुङ, अब्दुल रसिद खाँ ,अब्दुल सत्तार खाँ लगायतले वोल्दै यो क्षेत्रकालागि स्वास्थ्य सेवामा ठूलो योगदान पुगेको वताउनु भएको थियो ।सोही क्रममा नेपालकै प्रमुख पर्यटकीय गन्तव्य सूचीमा रहेको जगदीशपुर तालको अवलोकन गर्दै मन्त्री बरालले स्थानीय नागरिकको समृद्धिसंग जोडेर काम अगाडी बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।

        उक्त अवसरमा जगदीशपुर जलाशय मञ्चका अध्यक्ष ललित गुरुङले मन्त्री बराललाई तालको भावि कार्ययोजनाबारे जानकारी गराउनु भएको थियो ।यसैगरी नेकपा जिल्ला कमिटी सदस्य एवम कपिलवस्तु नगर कमिटीका अध्यक्ष भेषराज पाण्डेले पछिल्लो २ वर्षमा प्रदेश सरकारवाट जगदिशपुर क्षेत्रमा भएका कामको वारेमा जानकारी गराउदै अझ गति बढ्नु पर्ने औल्याउनु भएको थियो ।

प्रकाशित : १३ फाल्गुन २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६