प्रदेश

विद्यालयमा लैङ्गिक समानताको वातावरण हुनु पर्ने



नेपालगन्ज १३ फागुन । विद्यालयमा लैङ्गिक समानताको वातावरण हुनु पर्नेमा सरोकारवाला निकायले जोड दिएका छन् । प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल बाँकेको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रमा यस्तो कुरा बताएका हुन । लैगिंक रुपान्तरण तथा समाबेशि शिक्षा परियोजना अन्तरगत लैङ्गिक रुपान्तरण तथा समाबेशि शिक्षा सम्बन्धी वि।व्य।स। तथा शि।अ।स।का पदाधिकारीहरुका लागी २ दिने व्यवस्थापन तालिम प्रदान गरिएको छ ।परियोजना संचालन भएको नेपालगंज उप महानगरपालिकाको ६ वटा विद्यालयका वि व्य।स  तथा शि।अ।स। का पदाधिकारीहरुका लागी लैंगिक उत्तरदायी विद्यालयका, अभिभावक, सामाजिक अगुवा तथा सदस्य र छात्र छात्राहरु लैंगिक समानता हुनुका साथै विद्यालय व्यवस्थापन प्रणाली साथै नीतिगत र व्यवहारिक रुपमा छात्र छात्राहरुलाई लिंग र लैंगिकताको पहिचान र सम्बोधन सुनिश्चित गर्न यसको अलावा, लैंगिक उत्तरदायी विद्यालयमा शैक्षिक सेवा प्रदान गर्ने, शिक्षण विधि, शैक्षिक सामग्रीको प्रयोग, कक्षाकोठा अन्तरक्रिया र समग्र विद्यालय व्यवस्थापनलाई लैंगिक उत्तरदायी बनाउने बारे प्रशिक्षण दिइएको छ । साथै लैंगिक उत्तरदायी विद्यालय व्यवस्थापनले छात्राहरुको पहुँच, नियमितता र सिकाई क्षमता वृद्धिमा सुधार गर्ने, जसले गुणस्तरीय शिक्षा र सिकाइ अनुकुल वातावरणको सुनिश्चितता गर्ने उदेश्यका साथ यो तालिम आयोजना गरियको परीयोजना अधिकृत कल्पना अधिकारीले बताईन् । ।तालिममा प्लान इन्टरनेशनल नेपालका शिक्षा संयोजक संजिव कुमार जोशी, नेपालगंज उपमहानगर पालिकाका शिक्षा शाखा प्रमुख गोरख बहादुर थापाले विधालय ब्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको काम कर्तव्य र अधिकारको बारेमा स्पष्ट पार्नु भयको थियो भने तालिमको सहजीकरण नेत्रकला शाहीले गर्नु भयको थियो । तालिम समापन स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डेले गर्नु भयको थियो ।

प्रकाशित : १३ फाल्गुन २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६