सूचना र प्रविधि

यस्तो आयो उपमहानगरको ५ बर्षे शैक्षिक योजना: सामुदायिक र संस्थागत विद्यालयबीचको विभेद अन्त्य हुने



रुपन्देही १४ फागुन । बुटवल उपमहानगरपालिकाले नगरको शैक्षिक विकासका लागि पञ्चवर्षे शैक्षिक योजना सार्वजनिक गरेको छ । उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र उपप्रमुख गुमादेवी आचार्यले आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मको शैक्षिक योजना सार्वजनिक गर्नु भएको हो । सोमबार शैक्षिक योजना सार्वजनिक गर्दै नगरप्रमुख सुवेदीले नगरको शैक्षिक विकास र शिक्षामा गुणस्तरीयता कायम गर्न तथा सीपमुलक, ब्यवसायिक र ब्यवहारीक शिक्षालाई जोड दिनका लागि योजना ल्याईएको बताउनुभयो । 

        सामुदायिक र संस्थागत विद्यालयबीचको विभेदलाई कम गर्न तथा शिक्षालयको गुणस्तरीयता कायम गर्न योजना फलदायी हुने उहाँ बताउनुहुन्छ । सबैका लागि सर्वसुलभ शिक्षाको अवधारणालाई पूरा गर्नका लागि योजना बनाइएको सुवेदीको भनाई छ । विज्ञहरुको टोली बनाएरै योजना ल्याएको दावी गर्दै उहाँले अझै योजना पूर्ण नभएको र पूर्णताका लागि रायसुझावहरु लिने क्रम पनि जारी रहेको बताउनुभयो । 

        समृद्ध बुटवल, सुखी जनताको लक्ष्य हासिल गर्ने गरी बुटवलले आवधिक र दीर्घकालीन महत्वका योजना तय गरेको उल्लेख गर्दै उहाँले सहकार्यका साथ कार्यान्वयन गरिने बनाउनु भयो ।उहाँले शिक्षा योजना तयार पार्ने क्रममा सरिक भएका विभिन्न विषयका विज्ञ, प्राविधिक, शिक्षासँग सरोकारवाला लगायत सबैलाई धन्यवाद दिदै कार्यान्वयनमा पनि सबैको सहकार्य र सहयोगको खाँचो रहेको बताउनुभयो । 

        सबैका लागि निःशुल्क तथा अनिर्वाय शिक्षासँगै सबै बालबालिकाहरुलाई सिकाईका सबै अवसरहरु उपलब्ध गराउनका लागि शैक्षिक योजना निर्माण गरिएको नगरपालिकाले बताएको छ ।आगामी ५ वर्षभित्र प्रत्येक समुदायका सबै बालबालिकाहरु विभेदरहित किसिमले समग्र पहिचान सहित शिक्षालयको पहुँचमा पुग्ने विषयलाई शैक्षिक योजनाले समेटेको नगर शिक्षा योजना निर्माण कार्यदलका संयोजक छवि नेपालले बताउनुभयो । 

     नेपालका अनुसार योजनामा नगरपालिकाको शैक्षिक अवस्थाका बारेमा अनुगमन र सुपरिवेक्षण, प्रारम्भिक बालशिक्षा र त्यसको ब्यवस्थापन, राष्ट्रिय शिक्षा नीति अनुसारको ब्यवस्थापन, आधारभुत शिक्षा र त्यसको ब्यवस्थापन, माध्यमिक शिक्षाको ब्यवस्था, अनौपचारीक शिक्षा, शिक्षक र कर्मचारी ब्यवस्थापन, सुपरिवेक्षण र मुल्याङ्कन लगायतका विषयलाई योजनामा समेटिएको छ । 

        शैक्षिक योजनाले अवसर र चुनौती दुबै बोकेकाले योजनाको पूर्णताका लागि सरोकारवालासँग छलफललाई जारी राखिएको नेपालको भनाई छ । ‘‘योजना अनुसार सबै शिक्षालयहरु मन्टेश्वरी मोडेलमा जाने, आधारभूतलाई अनिवार्य शिक्षा बनाईने, कक्षा १ देखि ८ सम्म सूचना सञ्चारमैत्री बनाईने, विद्यालयलाई भय, त्रास र हिंसामुक्त तथा विद्यार्थी सुरक्षित छन् भन्ने वातावरण अभिभावकलाई दिने जस्ता कुरालाई योजनाले बोकेको शिक्षा, स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणी खनालले बताउनु भयो । 

    उहाँले अव नगरपालिकामा अध्ययन गर्ने आठ कक्षा पास गरेका विद्यार्थीहरु गाईडका रुपमा स्थापित हुन सक्ने योजनाले बनाउने दावी गर्नुभयो । उहाँ अगाडी भन्नुहुन्छ–‘ प्राविधिक शिक्षालाई थप ब्यवस्थित गर्दै ९–१२ कक्षालाई प्राविधिक शिक्षाका रुपमा लैजाने, नक्शांकनका आधारमा विद्यालय खोल्ने र समायोजन गर्ने लगायतलाई योजनामा समेटिएको छ ।’ शिक्षा महाशाखा प्रमुख खनालले नगरको शिक्षा विकासका लागि २५ करोड बजेट भएकाले शैक्षिक योजना सफल हुनेमा कुनै शंका नभएको ठोकुवा गर्नुभयो । 

प्रकाशित : १३ फाल्गुन २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६