सूचना र प्रविधि

महिला उद्यमीको पहिलो पहल ,लघु घरेलु तथा पर्यटन महोत्सव हुने


१३ फाल्गुन २०७६, मंगलबार


बुटवल, १४ फागुन  नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश महिला उद्यमी समिति प्रदेश ५ को आयोजना यही फागुन २१ देखि चैत २ गतेसम्म बुटवलमा प्रथम प्रादेशिक लघु घरेलु तथा साना उद्योग, कृषि प्राविधिक व्यापार एवम् पर्यटन महोत्सव हुने भएको छ । महिला समिति प्रदेश ५ ले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तयारी तिब्र पारिएको जानकारी दिएको हो ।नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश ५,महिला उद्यमी समिति संयोजक शान्ति तिमिल्सीना शर्माका अनुसार मेलामा महिला उद्यमीले उत्पादन गरका बस्तुहरुको विशेष प्रदर्शनी गरिनेछ ।

        मेलामा राष्ट्रिय स्तरका लघु घरेलु तथा साना उद्योगहरुबाट उत्पादिन वस्तु एवम सामाग्रीहरुको प्रदर्शनी गरिने छ भने प्रदेश ५ का मौलिक सँस्कृतिहरुको समेत प्रदर्शनी गरिने छ । बुटवल–१२ देवीनगरमा रहेको एन्फा एकेडमी नजिकै रहेको खाली स्थानमा मेला लाग्ने छ ।मेलामा कृषि उत्पादन एवम् प्रविधिका प्रदर्शनी, स्थानिय पर्यटकीय स्थलको जानकारीमूलक प्रदर्शनी, महिला उद्यमीहरुद्वारा उत्पादित हस्तकलाका सामाग्रीहरु र बस्तुको प्रदर्शनी, नविनतम बैकल्पीक उर्जाको प्रदर्शनी, बैक तथा वित्तीय संघ संस्था एवं सेवा प्रदायक संघ संस्थाहरुको प्रदर्शनी मेलामा राखिने छ ।यस्तै मेलामा विभिन्न औद्योगीक व्यापारिक प्रतिष्ठानबाट उत्पादित वस्तु तथा सामाग्रीहरुको समेत प्रदर्शनी गर्न लागिएको छ ।मेला प्रवेशको लागि ६० रुपैयाँको टिकट र विद्यार्थीहरुको लागि ४० रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।प्रदेश ५ का १२ वटा जिल्लाहरु मध्येबाट प्रत्येक जिल्लाबाट ५ र ५ वटा महिला उद्यमीहरुलाई मेलामा निशुल्क स्टल उपलब्ध गराईने बताइएको छ ।

महिला उद्यमी समूहको आयोजानमा यस क्षेत्रमा पहिलोपटक यस्तो प्रकृतिको मेला तथा महोत्सव आयोजना गर्न लागिएको हो ।

प्रकाशित : १३ फाल्गुन २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे