काठमाडौं १४ फागुन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा को सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले गौतमलाई राष्टियसभामा लैजाने निर्णय गरेको हो । उनकाअनुसार गौतमलाई राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्ति गर्न मन्त्रिपरिषदको सिफारिस गर्नेछ ।बैठकले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने गौतमको शर्तलाई अस्वीकार गरेको छ । र, गौतमको मागअनुसार संविधान संशोधन गर्न अघिल्लो बैठक बनाएको कार्यदललाई भङ्ग गरेको छ ।यसअघि राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने माग गर्दै माघ ९ को राष्ट्रियसभा चुनावमा उम्मेदवार बन्न अस्वीकार गरेका थिए ।
१४ फाल्गुन २०७६, बुधबार
प्रतिक्रिया