प्रदेश

ज्ञवाली सरकारको प्रवक्ता बन्ने संकेत,मन्त्री मण्डलको १० औं पुनरगठनमा को को इन र आउट ?



काठमाडौं १५ फागुन मन्त्रिमण्डल फेरि हेरफेर हुने भएको छ । मन्त्रालयलाई पूर्णता दिन प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल १० औँ पटक विस्तार गर्न लाग्नु भएको भरपर्दाे समाचार वाहिर आएको छ ।जस अनुसार सरकारको प्रबक्ताको समेत जिम्मेवारी रहने संचार मन्त्रालयको जिम्मेवारीमा प्रदीप कुमार ज्ञवालीलाई ल्याउने गृहकार्य भै रहेको  प्रधानमन्त्री निकट श्रोतको दाविछ। त्यसो त प्रधानमन्त्रीले २ वर्षको अवधिमा मन्त्रिमण्डल ९ पटक विस्तार तथा पुर्नगठन गरि सक्नु भएको छ । मन्त्रिमण्डल २०७४ सालमा फागुन ३, १४ र चैत १२ गते गरी ३ पटक विस्तार भएको थियो । २०७५ सालमा जेठ १८, साउन १८ र फाुगन १६ गरी ३ पटक विस्तार तथा पुर्नगठन भएको छ । मन्त्रिमण्डल २०७६ सालमा पनि साउन १५, मंसिर ४ र फागुन ५ गरी ३ पटक विस्तार तथा पुर्नगठन भएको छ ।

        केहि समय अघि स्वास्थ्य मन्त्री उपेन्द्र यादवको राजीनामापछि रिक्त रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भानुभक्त ढकालले सम्हाल्नु भएको छ । ढकाल स्वास्थ्य तथा जनसंख्यामा सरेपछि कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री डा शिवमाया तुम्बाहाङ्फे बन्नुभएको छ । राज्य मन्त्री मो. एस्तियाक राईनको राजीनामापछि शहरी विकासको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा सम्हाल्नु भएको थियो । बाँस्कोटाले सेक्युरिटी प्रेस खरिख प्रकरणमा बिहीबार नैकिताको आधारमा पदबाट राजनीतिमा दिनुभएको छ ।

        बाँस्कोटाको राजीनामापछि तत्कालको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा युवराज खतिवडाले सम्हाल्नु भएको छ । शहरी मन्त्रालयको जिम्मा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई दिइएको छ । यी दुई मन्त्रालयको जिम्मेवारी तत्कालका लागि खतिवडा र नेम्वाङलाई दिइए पनि त्यसका लागि उपयुक्त मन्त्री खोजी भइरहेको छ । नेकपामा यी दुई मन्त्रालयमा आकांक्षी थुप्रै छन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा विजयी भएपछि नेतृत्वमा उहाँलाई पनि मन्त्री बनाउन दबाब परेको छ । श्रेष्ठ यसअघि उपप्रधान तथा परराष्ट्रमन्त्री भइसक्नु भएको छ । प्रवक्ताको जिम्मेवारी सम्हाले  पनि पार्टीमा उहाँ परराष्ट्रको लागि उपयुक्त मानिनुहुन्छ । तर परराष्ट्र मन्त्रालय प्रदिप ज्ञवालीले सम्हालि रहुनुभएको छ । अहिले भइरहेका मन्त्रीहरुमा कार्य मूल्यांकनको हिसाबले ज्ञवाली उत्कृष्ट ठहरिनुभएको छ ।

        विघटित एमालेको प्रचार विभाग प्रमुख समेत भइसक्नु भएका ज्ञवाली संचारको लागि दक्ष तथा उपयुक्त मानिनुहुन्छ । यस हिसाबले प्रधानमन्त्रीले ज्ञवालीलाई सञ्चार तथा सूचना प्रविधिमा सारेर श्रेष्ठलाई परराष्ट्रमन्त्री बनाउन सक्ने संभावना समेत देखिएको छ ।यस्तै महिला महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङ पनि पछिल्लो समय विवादमा पर्नुभएको छ । महिला अधिकारकर्मी सवाल चर्को रुपमा उठाउँदै आएको नेकपाले महिला मन्त्री भने पुरुषलाई बनाएको छ । यही विषयलाई लिएर अन्य दलले नेकपाप्रति कटाक्ष समेत गर्न थालेका छन् । उता अध्यक्ष पुष्पकमल दाहाललाई पम्फा भुसाललाई मन्त्री बनाउन दबाब परेको छ ।

        एमाओवादी विभाजन हुँदा मोहन वैद्यतिर लाग्नु भएका भुसाललाई अध्यक्ष दहालले राम्रै अवसर दिने आश्वास दिएर माओवादी केन्द्रमा ल्याउनु भएको थियो । माओवादी केन्द्रमा आएपछि उहाँले तत्कालीन अवस्थामा उहाँले पार्टी प्रवक्ताको जिम्मेवारी पाउनु भएको थियो । तर माओवादी केन्द्र र एमालेको एकीकरण भने भुसाल पार्टीमा भूमिका विहीन हुनुभएको छ । पार्टीमा भूमिका विहीन भएकै कारणले उहाँलाई मन्त्री बनाउन अध्यक्ष दाहालमाथि दबाब परेको हो । त्यसकारण अहिलेको अवस्थामा पुरुष समालिरहेकको महिला, बालबालिका तथा जेष्ठ मन्त्रालयको जिम्मेवारी भुसालले पाउने संभावना छ । नेकपामा पछिल्लो समय मन्त्री विवादरहित हुनुपर्ने आवाज उठिरहेको छ । त्यसकारण गुरुङलाई मन्त्रीबाट हटाउने संभावना बढी छ ।

  प्रधानमन्त्री ओलीले यसअघि छलफल गरेर एकलौटी रुपमा मन्त्री नियुक्ति गर्दै आउनु भएको थियो । त्यसले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहितका केही नेता असन्तुष्ट बन्नुभएको थियो । प्रधानमन्त्रीले एकलौटी ढंगले मन्त्री बनाउँदा त्यसले पार्टी्भित्र असन्तुष्टि विवाद मात्र बढेन, मन्त्रीहरु नै अनेक विवादमा पर्न थाले । त्यसबाट प्रधानमन्त्री ओलीको आलोचना हुन थाल्यो । मन्त्रीहरुको विषयलाई लिएर आफ्नो आलोचना हुन थालेपछि प्रधानमन्त्रीले पछिल्लो समय वरिष्ठ नेताद्वय नेपाल र खनालसँग समेत परामर्श गर्न थाल्नुभएको छ । बाँस्कोटा प्रकरणपछि प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच छलफल भएको छ ।

प्रधानमन्त्रीले जनचाहना अनुसार काम गर्न नसकेका केही मन्त्रीहरुलाई फेर्ने उदेश्ले नेपाल र खनाललसँग संवाद शुरु गर्नुभएको स्रोत बताउँछ । दुई मन्त्रालय रिक्त र केही हेरफेर हुने संकेत पाएपछि नेकपामा मन्त्रीको लागि फेरि दौडधुप हुन थालेको छ । केही नेता भने अघिल्लो पटकको लोकप्रियताकै कारण फेरि मन्त्री बन्ने आशमा छन् । त्यहीभित्र पर्नु हुन्छ पूर्व मन्त्रीद्वय सोमप्रसाद पाण्डे र महेश बस्नेत । पाण्डे मंसिर ४ को पुर्नगठनमै मन्त्री हुने चर्चा थियो । तर विभिन्न कारणले उहाँ समेटिनु भएन । अहिले फेरि मन्त्रीमा उहाँको चर्चा हुन थालेको छ । त्यस्तै अर्को पूर्वमन्त्री बस्नेत फेरि मन्त्री बन्न दौडधुप गरिरहनुभएको स्रोत बताउँछ ।

प्रकाशित : १४ फाल्गुन २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६