प्रदेश

अपाङ्गा मैत्री संरचना निर्माण तथा रोजगारीमा पहुच



कपिलवस्तु १५ फागुन  । समावेशी विकासको लागी समुदायमा आधारीत पुर्नस्थापना अपाङ्गता परियोजना ले अपाङ्गा मैत्री संरचना निर्माण तथा रोजगारीमा पहुच विषयकमा सरोकारवाला हर संग एक दिने अन्र्तकृया कार्यक्रम गरेका छन । दलित समाजिक विकास केन्द्रको आयोजना र यु एम एन तथा अष्ट्रलियन एडको सहयोगमा तौलिहवामा गरिएको अन्र्तकृयामा अपाङ्गा सम्बन्धि जानकारी गराइएको थियो । कार्यक्रम अपाङ्गता सम्वन्धि प्रस्तुतीकरण गर्दे मानिसमा अपाङ्गाता दश प्रकारको हुने अपाङ्ग उत्थान समाज कपिलवस्तु कार्यालयका सचिव ढाकाराम अधिकारीले बताएका छन । गभिंरताको आधारमा अपाङ्गताको बर्गिकरण गर्दा पुर्ण अपाङ्गता , अति अशक्त अपाङ्गता ,मध्यम अपाङ्गता तथा समान्यता अपाङ्गता गरि चार प्रकारको रहेको अधिकारीले जानकारी दिएका छन । यस्तै  अपाङ्गता भएको व्यत्ति समाज भन्दा फरक नरहेको उनीहरुमा मात्र अरु भन्दा फरक क्षमता रहेको राष्ट्रिय अपाङ्ग महासंघ का अध्यक्ष मित्रलाल शर्माले बताएका छन । अपाङ्गता कुनै बेला कसैको परिवारमा  मा हुन सक्ने हुदा संरचनाहरु वनाउनदा अपाङ्ग मैत्री बनाउनु पर्नेमा शर्माले जोड दिनु भएको थियो । अपाङ्गता भएका व्यत्तिलाई बर्गिकरण अनुसार रातो निलो पहेलो र सेतो गरी सरकारले चार प्रकारको कार्ड उपलव्ध गराइएको यशोधरा गाउ पालिका कार्यलयका प्रसाशिकीय अधिकृत राम चन्द्र ढकाले ले बताए छन । कार्ड उपलव्ध गराउन गाउपालिका स्तरमा समिती गठन गरिएको तथा डाक्टरको चेक अप गरि समितीको सिफारीसमा अपाङ्गता बर्गिकरण अनुसार कार्ड उपलव्ध गराइने गरेको ढकालले बताएका छन । यस्तै गरि कार्यक्रममा गैर सहकारी संस्थाका उपाध्यक्ष जयप्रकाश पाण्डे,यु एम एन कपिलबस्तु कलस्टर टिम लिडर श्रीकप कुमार विक जिल्ला अस्पतालका डाक्टर गणेश क्षेत्री लगाएत ले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रम संयोज जित नारयण अहिरको संचालन रहेको कार्यक्रम दलित विकास केन्द्रका अध्यक्ष राम शरण रैदास ले समापन गरेका थिए ।

प्रकाशित : १५ फाल्गुन २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६