प्रदेश

प्रदेशको नाम मगरात थरुहट राख्न माग गर्दै ज्ञापन



बुटवल, १७ फागुन । प्रदेश ५ को नाम मगरात थरुहट राख्न माग गर्दै नेपाल आदिवासी जनजाति महासंघ प्रदेश ५ ले प्रदेश सभामुख पूर्णबहादुर घर्ती मगरलाई ज्ञापनपत्र बुझाएको छ । महासंघका प्रदेश ५ का संयोजक दिपक गुरुङको अगुवाईमा शुक्रबार सभामुख निवासमै पुगेर ज्ञापनपत्र बुझाएको महासंघले जनाएको छ । त्यस अवसरमा सभामुख घर्ती मगरले ज्ञापनपत्र बुझ्दै आदिवासी जनजाति महासंघको मागलाई सम्बोधनका लागि पहल गर्ने आश्वासन दिनुभएको संयोजक गुरुङले बताउनु भयो ।

           महासंघले स्वायत्त, संरक्षित र विशेष क्षेत्रहरुको सुनिश्चितता, प्रदेश ५ मा सरकारी कामकाजी भाषाको रुपमा प्रदेशमा बाहुल्यता रहेको मगर, थारु र अवधी भाषालाई मान्यता दिनुपर्ने र प्रदेश ५ मा आदिवासी जनजाति प्रतिष्ठान् तत्काल गठन गर्नुपर्ने लगायतका मागहरु समेत राखेर ज्ञापनपत्र बुझाएको जनाएको हो ।ज्ञापनपत्र बुझाउन नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् रुपन्देहीका अध्यक्ष शंकर गाहामगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीका अध्यक्ष सनु थापा मगर, आदिवासी जनजाति युवा महासंघ नेपाल प्रदेश ५ का संयोजक मनिष फाल र नेपाल मगर विद्यार्थी संघका निवर्तमान केन्द्रिय संगठन सचिव तेजु राना लगायतको टोली सभामुख समक्ष गएको थियो ।स्मरणीय छ केही दिनअघि राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश ५ ले पनि प्रदेशको भौगोलिक अवस्था र बसोबासको आधारमा प्रदेशको नाम लुम्बिनी–थारुवान राख्नुपर्नेे र प्रदेशको राजधानी लुम्बिनी परिपथ भित्र राख्नुपर्ने भन्दै मुख्यमन्त्री, सभामुख र प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाएको थियो । 

प्रकाशित : १७ फाल्गुन २०७६, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६