खेलकुद

रनिङ शिल्डको उपाधि पूर्णकेशर माबि बग्दीलाई



कपिलवस्तु १९  फागुन । कपिलवस्तुको शुद्धोधन गाउपालिका स्तरीय भएको राष्ट्रपति रनिङ शिल्डको उपाधि पूर्णकेशर माबि बग्दीले जितेको छ । फाल्गुण १६ र १७ गते भएको प्रतियोगितामा उक्त बिद्यालयले प्रथम स्थान हासिल गर्दै १३ वटा स्वर्ण पदक जित्दै शिल्ड प्राप्त गरेको बिद्यालयले जनाएको छ । यस्तै प्रतियोगितामा नेपाल राष्टिय माबि मुडफुटवा द्धितीय भएको छन भने श्रीनगर माबि श्रीनगर तृतीय भएको छ ।

        शुद्धोधन गाउपालिका वडा नं १ प्रगति नगरको खेलमैदानमा भएको प्रतियोगितमा ६ वटा सामुदायिक बिद्यालयको सहभागिता रहेको थियो । गाउपालिकाको आयोजना र जिल्ला खेलकुद बिकास समितिका सहजिकरणमा कार्यक्रम प्रतियोगिता भएको हो पूर्णकेशर माबिकी प्रअ लिला खनालले जानकारी दिनुभयो । वडा नं १ का अध्यक्ष तिलकराम यादबको अध्यक्षतामा भएको समापन कार्यक्रममा गाउपालिका अध्यक्ष निशार अहमद खाको प्रमुख आतिथयता रहेको थियो । प्रतियोगितामा छात्रछात्राबिच हाईजम्प , सर्टफुट ,ज्यावलिंक थ्रो , तिर्पल जम्प ,कबड्डी भलिवल ,१ सय देखी ३ हजार मिटरको दौड लगाएतका खेलहरु खेलाईएको थियो । कार्यक्रममको सञ्चालन गाउपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम पौडेलले गर्नुभएको थियो ।

प्रकाशित : १८ फाल्गुन २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६