सूचना र प्रविधि

बायोटेक प्रविधीको नेपालकै पहिलो आधुनिक सार्वजनिक शौचालय ?



बुटवल १९ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले नेपालमै पहिलो आधुनिक  सार्वजनिक शौचालय बनाएको छ  । सरकारले संचालन गरेको खुल्ला दिशामुक्त मुलुक वनाउने अभियानलाई टेवा पु¥याउने र सडक यात्रीको हितलाई ध्यान दिएर खानेपानी संस्थाले सडकको दुवै साईडका सर्भिस लेनमा शौचालय बनाएको हो ।

        शौचालय निर्माणसंगै अव सो क्षेत्रमा आवत जावत गर्नेहरुलाई दिशा पिसाव लागेमा सहज रुपमा व्यवस्थापन गर्न मिल्ने भएको छ । बुटवल–भैरहवा सडक अन्तर्गत तिलोत्तमा नगरपालिकाको योगिकुटीदेखि ड्राईभरटोलसम्मको सडक किनारमा १० वटा आधुनिक तथा सुविधा सम्पन्न शौचालय बनाएको हो ।  ६ लेन सडकको दुवैतर्फको सर्भिसलेनमा आधुनिक प्रविधिका शौचालय निर्माण गरिएको छ ।खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले १ करोड १६ लाख लगानीमा सर्भिसलेनमा राखिएका शौचालयमा सिंगल सिटका  र हाट वजार र मगरघाटमा राखिएका डबल सिटका शौचालय रहेका छन ।भारतीय कम्पनी इलिफो बायोटेक प्रालिबाट उत्पादित बायो प्रविधिको शौचालय खानेपानी संस्थाले खरिद गरेको हो ।

    बायोटेक प्रविधी अपनाईएकोले शौचालयमा शुरुमै व्याक्टेरिया राखिने हुनाले सोही व्याक्टेरियाले दिशा पिसाव खाने हुनाले उठाएर फयाक्न नपर्ने प्रविधी हो । ४० दिन सम्म उक्त व्याक्टेरिया एक पटक गरेको दिशा पिशावले बाँच्ने हुनाले  नियमित संचालन हुने शौचालयमा शुरुमा राखेको व्याटेरिया अनत्त समयसम्म पुग्ने प्रविधी हो । साविक शंकरनगर गाविसलाई २०६७ माघ १५ गते खुल्ला दिशामुक्त घोषणा गरिएको थियो ।खुल्ला दिशामुक्त घोषणा कार्यक्रम र ग्रिन तिलोत्तमा क्लिन तिलोत्तमाको कार्यक्रमलाई समेत सफल बनाउने गरी सार्वजनिक शौचालयहरु राखिएको शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाका अध्यक्ष हरि तिवारीले बताउनु भयो ।

      व्याक्टोरिया प्रयोग गरिने बायो शौचालयहरु नेपालमै पहिलोपटक तिलोत्तममा प्रयोग गरिएको अध्यक्ष तिवारीले बताउनु भयो । २४ सै घण्टा खुल्ला रहने शौचालयहरु निःशुल्क रुपमा प्रयोग गर्न सकिने र पानी, विद्युत, पंखा र सरसफाईको पूर्ण व्यवस्था हुने छ । शौचालयहरुमा प्रयोगका लागि सावुन, टावेलकोसमेत व्यवस्था गरिएको शौचालयहरु  यही फागुनको अन्तिमबाट प्रयोगमा ल्याउने गरी निर्माणको काम भैरहेको छ ।सडक यात्रीलाई मध्यनजर गरी निर्माण गरिएका शौचालयहरु हरेक दिन तीन पटकसम्म सरसफाई गर्नका लागि शंकरनगर खानेपानी संस्थाले एक जना कर्मचारीको व्यवस्था पनि गरिसकेको छ ।शौचालयहरुका लागि आवश्यक पर्ने विद्युतको लागि विद्युत प्राधिकरणसंग खानेपानी संस्थाले सहमति गरिसकेको छ ।शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले अहिले ६ हजार २ सय ६३ घरधुरीमा पानी वितरण गर्दै आएको छ । जाडो समयमा प्रतिदिन ८० लाख लिटर र गर्मी समयमा १ करोड १० लाख लिटर पानी वितरण गर्दै आएको छ । संस्थाले उपभोक्तालाई मासिक यस वर्षदेखि ८ हजार लिटरसम्म निःशुल्क पानी वितरण गरेको अध्यक्ष तिवारीले जानकारी गराउनु भयो ।

            घरायसी प्रयोगका लागि ८ हजारसम्म वितरण भएको पानीको रिडिङ चार्जका लागि मात्र प्रतिघर २० रुपैयांमात्र महशुलको रुपमा घरधनीबाट संकलन गर्ने गरेको छ ।यसरी पानी निशुल्क रुपमा वितरण गर्ने पनि नेपालमै पहिलो संस्थाका रुपमा परिचित भएको छ । खानेपानी संस्थाले आगामी वर्षदेखि १० हजारदेखि १२ हजार लिटर पानी निःशुल्क वितरण गर्ने योजना समेत वनाएको बनाएको छ । विसं २०४२ सालमा शुरु भएको संस्थाले २४ अ‍ै घण्टा पानी उपलब्ध गराउदै आएको छ । संस्थामा हाल २० जना कर्मचारीले रोजगारी पाएका छन । 

प्रकाशित : १८ फाल्गुन २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६