पर्यटन

आन्तरीक भ्रमणको चम्किलो तारा : २८ प्रतिशत भूभागमा पर्यटकीय संरचना



कपिलवस्तु १९ फागुन। नेपाल भ्रमण वर्ष सन् २०२० को चम्किलो ताराको रुपमा कलिवस्तुको राजापानी क्षेत्र उदयमान हुदै गएको छ ।  वाणगंगा नगरपालिका स्थित राजा शुद्धोधनले मुलको पानी खाएकाले राजापानी भनिएको उक्त स्थल पर्यटकीय गन्तब्य बन्दै गएको छ। यस स्थलमा आन्तरिक र बाह्य पर्यटकहरुको घुईचो लाग्ने गरेको छ । जिल्लाका विभिन्न स्थान देखि छिमेकी जिल्ला रुपन्देही , अर्घाखाँची , प्युठान , दाङ लगायतका स्थानबाट पर्यटकहरु आउने गरेकाछन ।

         यहाँ आउने पर्यटकहरु विशेष गरेर वनभोजमा आउने गरेका छन । आउने पर्यटकहरु वनवरिपरिको रमाइलो र कल कली बगेको मुलको पानी हेर्ने गर्छन । जिल्लाको राजापानी हाल आकर्षण र सौन्दर्यताले थप चम्किँदैछ गएको छ ।  कपिलवस्तुको बाणगंगा नगरपालिका ४ गजेहडाबाट करिब ४ किलोमिटर पूर्ब तर्फ रहेको र पूर्वपश्चिम राजमार्गसँगै जोडिएको बन क्षेत्र यतिखेर जिल्लामै एउटा नमुना गन्तव्यका रुपमा विकास भइरहेको छ ।

            वन भित्र निलगाई , चित्तल , अजिंगर , गिद्ध , बाँदर , खरायो राखिएको छ । यि पशुपंक्षिहरुलाई हेरेर पर्यटकहरु रमाउने गर्छन ।   जिल्लामा रहेको  पर्यटकीय स्थल राजापानी सामुदायिक बन पछिल्लो समय पर्यटनको मुख्य आर्कषणको केन्द्रबिन्दु  बन्दै गएको हो । जाडो मौसमको समयमा बिशेष गरि वनभोज खाने नेपाली प्रचलन अनुसार सुन्दर हरियाली बनक्षेत्र संगै पोखरी र साना खोलानाला क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटनहरुको आउने क्रम वढ्दै गएकोहो ।

            पछिल्लो समय कपिलवस्तुको पर्यटन बिकासमा यस राजापानी सामुदायिक बनले मुख्य भुमिका निर्वाह गरेको  वनका अध्यक्ष ढाकाराम अधिकारीको भनाई छ । ४ सय ५२ हेक्टर क्षेत्रफलमा फैलिएको बनको करिब २८ प्रतिशत क्षेत्र पर्यटकीय स्थलका लागि छुट्याईएको छ । दैनिक सयौंकोे संख्यामा आउने पर्यटनले गर्दा राजापनीको बिकासमा सहयोग पुगेको छ  भने स्थानियले मात्र नभएर स्थानिय सरकारले पनि पर्यटकीय स्थल राजापानिको बिकासमा सहयोग गरिरहेका छन । 

            वनले चालु आर्थिक वर्षमा ३ करोड २२ लाख ५० हजार वजेटको योजना बनेको छ । जसमा १ करोड २२ लाख आन्तरिक र २ करोड वाहियबाट वजेट ल्याउने योजना रहेको वनका अध्यक्ष ढाकाराम अधिकारीले बताए । अत्याधुनिक फुलवारी सहितको पार्कलाई  व्यवस्थित गर्न पहिलो काम पार्कको डिपिआर गरिसके पछि मात्र बजेटको योजना समबन्धित ठाउँमा पेश गर्ने उनले जनाए ।  वनभोज आउनेहरुबाट आम्दानी पनि भैरहेको छ ।  बजनभोज कार्यक्रम आउने पर्यटकलाई सेवा सुबिधाका लागि ४ जना कर्मचारी पनि परिचालन गरिएको छ ।

            ब्यवस्थापनमा खर्च भएको ४ वटा कर्मचारी पनि परिचालन गरिएको छ । बनभोज संगै अरु कार्यक्रमबाट संकलन भएको रकलाई केही प्रतिशत राजापनी स्थलमा खर्च गर्ने र बाकी नगरका अन्य सामाजिक क्षेत्रमा परिचालन गर्ने उहाको भनाई छ । अहिले बनभोजका लागि मात्र दिनमा ३०/३२ वटा समुह आउने गरेको बताईएको छ । यस वनमा दैनिक जसो आन्तरिक र वाहिय गरि दैनिक ३ सय पर्यटकहरु आउने गरेको वनका अध्यक्ष  अधिकारीले बताए । 

            सदाबहार बगिरहने सानो खोला , आकर्षक पुल , सुबिधा सम्पन्न रेष्टुरेन्ट, पश्चिम, उत्तर र दक्षिणपट्टि हराभरा बनले घेरेको साथै नजिकै पिकनिक स्पोट, खेलमैदान, पर्यटकहरु घुम्ने पार्क  ,चराचुरुङ्गीको चिरचिरावट सहितको यो मनोरम क्षेत्र साचो अर्थमा पर्यटन गन्तब्य बन्न उन्मुख छ यस क्षेत्रलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले बताए । राजापानीमा बिशेष गरि वनभोज खाने समुह, पारिवारिक घुमघाम तथा युवायुवतीहरुको पहिलो रोजाई पर्ने गरेको छ । खासगरी शनिबारको दिन यी पर्यटकीय क्षेत्रमा भीड बढी हुने गरेको छ । शनिबार सार्वजनिक बिदा हुने भएकाले विद्यार्र्थी तथा कर्मचारी परिवारका साथ घुम्न आउने गरेकोछन ।

         तालतलैयामा पर्यटकको आर्कषणका लागी बिभिन्न मनोरंजनात्मक क्रियाकलापहरु पनि रहेका छन । बोटिंग, केही बालमैत्री पार्क र आर्कषक पोखरी जस्ता आर्कषण रहेको अध्यक्ष अधिकारीले बताए  ।  बिगत केही बर्षदेखी सञ्चालनमा आएको थ्रिएस वाटर किंग रेष्टुरेन्टमा सुबिधा सम्पन्न खानाबस्नको ब्यवस्था संगै बोटिंग ब्यवस्था पनि यसै रेष्टुरेन्टले सञ्चालनमा गरेको हो । वरिपरि पोखरीले घेरिएको हरियाली रेष्टुरेन्टमा बिभिन्न म्यूजिक भिडियो संगै चलचित्रहरुको पनि सुटिङ हुदै आएको छ ।  भगवान गौतम बुद्धको राजधानी कपिलवस्तुको तिलौराकोट रहेको र पहिलेका राजाहरु जंगलमा शिकार खेल्न आउदा राजापनीमा आएर पानी खाएको बिश्वासका आधारमा सोही स्थान  राजापानी हुन गएको हो ।

            राजापानी सामुदायिक वन कपिलवस्तु जिल्लाको महत्वपुर्ण वनको रुपमा पनि चिनिन्छ । साथै पुरानो ऐतिहासिक स्थल राजापानीको नामाकरणवाट परिचित छ । स्थानियमा वन हाम्रो सम्पत्ति हो र संरक्षण गर्नु पर्छ भन्ने  भावना  विकास भएको छ ।  २०५५ सालमा स्थापना भएको  राजापानी सामुदायिक वनमा साविक गजेहडा गाविसका १ देखि ६ हुदै वडा नं ८ र ९ , साविक पटना गाविसको वडा नं ५ भावपुर र साविक हथौसा गाविसको वडा नं १ हथौसा सहित १६ वटा मौजामा रहेका २३ सय ३५ यस सामुदायिकवनका उपभोक्ता रहेका छन ।

प्रकाशित : १९ फाल्गुन २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६