सूचना र प्रविधि

द्धन्द्ध कालमा क्षतिग्रस्त भवनको नयाँ स्वरुप



 अर्घाखाँची २० फाल्गुन ।  जिल्ला अदालत अर्घाखाँचीको सन्धिखर्कमा बनेको सुविधा सम्पन्न नवनिर्मित तीन तले भवनको एक कार्यक्रमका बिच उद्घाटन भएको छ । द्धन्द्ध कालमा माओवादी आक्रमणमा  अदालत कार्यलयको भवन नष्ट भएको थियो । आधुनिक तरिका बाट निर्माण भएको भवनमा वैतनिक वकिल कक्ष, स्तनपान कक्ष, थुनुवा कक्ष, काउण्टर सहितको मुद्दा शाखा, मेलमिलाप केन्द्र, वाल इजलास, वालमैत्री कक्ष समेत रहेका छन् ।चार करोड ९८ लाखको लागतमा निर्माण भएको तीन तले भवनको सर्बाेच्च अदालतका बरिष्ठ न्याधीस हरिकृष्ण कार्कीले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै बरिष्ठ न्याधीस कार्कीले अदालतको काम फैसला गर्नु मात्र नभएको बताए । उनले न्याय लिन आउने सेवाग्राहीलाई हित हुने गरीे अपांगमैत्री तथा स्तनपान कक्ष समेत रहने गरी भवन निर्माण भएको बताएका छन्  । फैसला गरेर एक पक्षको जित र अर्को पक्षको हार हुने , मानिसलाई झगडा बढाउने भन्दा पनि मेलमिलापकर्ताबाट मुद्दाको मिलाप गराउन अदालत लागि रहेको बताए । अदालतमा आउने विवादहरु राजनितिक प्रकृति र व्यक्तिगत पक्ष सबैको भएको बताए ।  उद्घाटन समारोहमा प्रदेश सांसद रामजी प्रसाद घिमिरे, जिल्ला समन्वय समिति प्रमुख पिताम्वर शर्मा, जिल्ला न्याधीस वासुदेव नयौपाने, प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल लगायतले मन्तब्य राखेका थिए ।  कार्यक्रम उच्च अदालत दांगका बुटवल इजलास प्रमुख  न्याधीस रमेश पोख्रेलको अध्यक्षता र श्रेस्तेदार महेस खनालको सञ्चालनमा सम्पन्न भएको हो । 

प्रकाशित : १९ फाल्गुन २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६