खेलकुद

नेपालको राइनोजले भारतको साहारा क्लबलाई भारी रन अन्तरले हरायो



भैरहवा १९ फागुन ।  राइनोज क्रिकेट क्लव काठमाडौँले भैरहवामा जारी एसियन च्यालेञ्जर ट्रफी क्रिकेट प्रतियोगिताको आज भएको खेल जीतेको छ । उसले भारत चेन्नाईको साहारा क्रिकेट क्लवलाई एक सय १४ रनले हरायो । टच हारेर पहिले व्याटिङको निम्तो पाएको राइनोजले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ९९ रनको भारी स्कोर तयार पा¥यो । रोहित कुमार पौडेलले आक्रमक व्याटिङ्ग गर्दै ३८ बलमा ८९ रन बनाए । ओपनरका रुपमा आएका रोहित कुमार पौडेल र सुनिल चन्दले पहिलो विकेटकालागि एक सय ३४ रनको साझेदारी गरे । सुनिलले आफ्नो निजी ३० रन बनाउन सफल भए । प्रकाश केसी २६ तथा गजेन्द्र बोहाराले २५ रन बनाए । बलिङमा साहाराका बाबुले दुई, एबी, राज र अखिलले एक, एक विकेट लिए । दुई सय रनको लक्ष्य पछ्याएको साहारा ८५ रनमै समित र¥यो । १६ दशमलव चार बलमा सबै विकेट गुमाउँदै उसले एक सय १४ रनको हार व्यहोर्यो । साइदुर्गााले २३ तथा किरणले १७ रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् । साहारालाई सस्तैमा रोक्न राइनोजका मान बहादुर थापाले तीन, कमल सिंह ऐरी र धिरज साहीले दुई दुई विकेट लिए । मंगलबार सेमिफाइनलका लागि समूह बीबाट राइनोट क्रिकेट क्लव काठमाडौँ र शंकरनगर क्रिकेट क्लव तिलोत्तमा तथा साहारा क्रिकेट क्लव भारत र गुज्रात लायन्स पाकिस्तानबीच हुने छ । समूह बी बाट वेष्टन क्रिकेट क्लब बुटवल र अर्सक क्रिकेट क्लब बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् ।      

प्रकाशित : १९ फाल्गुन २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६