प्रदेश

प्रदेश ५को सरकार कोरोना पीडित ,बिज्ञान र साहित्य कला प्रतिष्ठान स्थापना हुने



बुटवल, १९ फागनुन प्रदेश ५को सरकार कोरोना पीडित भएको छ । कोरोना भाईरसका कारण प्रदेश ५ ले गर्ने भनेको लगानी सम्मेलन स्थगित भएसंगै यस्तो विष्लेषण गरिएको हो ।चीनबाट सुरु भएको नोवेल कोरोना भाइरसका कारण नेपाल उच्च जोखिममा परेको भनिएपछि प्रदेश सरकारले आगामी बैशाख ४ र ५ गते गर्न लागेको लगानी सम्मेलन स्थगित भएको हो ।

        सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले लगानी सम्मेलन स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बैठकपछिको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो  । लगानी सम्मेलनमा विदेशी लगानीकर्ताहरु समेत सहभागिता रहने र हाल छिमेकी मुलुक चीन लगायतका देशमा कोरोना भाइरसको संक्रमण फैलदै गरेका कारण सम्मेलन स्थगित गर्नुपरेको चौधरीले जानकारी दिनुभयो । 

        चीनबाट सुरु भएको नोवेल कोरोना (कोभिड–१९) भाइरसबाट नेपाल उच्च जोखिममा भएपछि कारोनाको त्रासमा प्रदेश नं ५ सरकारले आगामी बैशाख ४ र ५ गते गर्न लागेको लगानी सम्मेलन स्थगित भएको हो ।बैठकले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै प्रदेशका १२ वटै जिल्लामा मेला महोत्सव नगर्न नगराउन समेत निर्देशन दिने निर्णय गरेको छ । 

            प्रदेश सरकारको सो निर्णयसँगै बुटवलमा यही फागुन २१ गतेदेखि हुन लागेको लघु, घरेलु तथा साना उद्योगीहरुको सम्मेलन प्रभावित हुने भएको छ ।त्यसैगरी मन्त्रिपरिषदको वैठकले प्रदेश सडक निर्माण, मर्मत सम्भार तथा बिस्तार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति दिनुका साथै बैठकले प्रादेशिक साहित्य कला प्रतिष्ठान सम्बन्धमा बन्ने विधेयकको अवधारणा पत्रमा सैद्धान्तिक सहमति दिने निर्णय गरेको प्रवक्ता चौधरीले जानकारी दिनुभयो । बैठकले प्रदेश विज्ञान प्रविधि प्रतिष्ठान स्थापना र सञ्चालन सम्बन्धमा बन्ने विधेयकको अवधारणा पत्रमा सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ भने साझेदारी नियमावली २०७६ स्वीकृत गरेको छ ।

        वीर अस्पतालबाट प्रदेश सरकार मातहत सरुवा भएका ११ औं तहका डा. मनिलाल श्रेष्ठ नेवारलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा काम काजमा खटाउने निर्णय समेत बैठकले गरेको प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।

प्रकाशित : १९ फाल्गुन २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६