सूचना र प्रविधि

कपिलवस्तुमा १५ शैयाका २ अस्पताल थपिदै ,जिल्लामा अस्पतालको संख्या ५ पुग्यो



कपिलवस्तु २० फागुन ।कपिलवस्तुमा २ अस्पताल थपिने भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देश भरका २ सय ३६ स्वास्थ्य संस्थालाई स्तरोन्नती गर्ने गर्ने क्रममा कपिलवस्तुका २ स्वास्थ्य संस्था १५ शैयाको अस्पतालको रुपमा रुपान्तरण हुने भएका हुन् । रुपान्तरण हुनेमा यशोधरा गाउपालिकाको वैदौली स्वास्थ्य चौकी र शुद्धोधन गाउ पालिकाका लवनी स्वास्थ्य चौकी रहेका छन् ।

        हाल जिल्लामा ३ अस्पताल संचालनमा रहेका छन । जिल्लाको वाणगंगा नगरपालिकामा पिपरा अस्पताल, कपिलवस्तु नगरपालिकामा कपिलवस्तु जिल्ला अस्पताल, कृष्णनगर नगरपालिकाको वहादुरगंन्जमा शिवराज अस्पताल रहेको जिल्ल्ला जन स्वास्थ्य प्रमुख योगेन्द्र भगतले वताउनु भयो ।

        जिल्लाको २ स्थानिय तहमा प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसी) संचालनमा रहेको छ । मायादेवि गाउ पालिकाको हर्नामपुर र महाराजगंज नगरपालिकामा संचालनमा रहेका छन । पि एच सी मा एम वि वि एस डाक्टरको दरवन्दी हुन्छ । जिल्लाको, वुद्धभुमी नगरपालिका, विजयनगर गाउपालिका, शिवराज नगरपालिकामा अझै सरकारी अस्पाताल छैनन् । वुद्धभुमी नगरपालिका र शिवराज नगरपालिका जिल्लाका अवल नगरपालिकामा गनिने गर्दछन । नया थपिएका अस्पतालमा तुरुन्त सेवा संचालन हुने देखीदैन । भवन निमार्ण, डाक्टर तथा कर्मचारी नियुक्ती लगाएतका प्रकृया पुरा भए पछी संचालनमा आउने वताईएको छ । 

प्रकाशित : १९ फाल्गुन २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६