प्रदेश

३ करोड नेपालीको पुकार ओलीकालागि ,ओलीको स्वास्थ्य देशको भोलीका लागि



कपिलवस्तु  २१ फागुन । नेपालका बरिष्ट चिकित्सक प्रा. डा. प्रेम ज्ञवाली नेतृत्वको नेपालका १३ जना डाक्टरको समुह र डा. अनन्तकुमार शर्मा सहितका भारतीय डाक्टरको संयुक्त  प्रयासमा  प्रधानमन्त्री केपी शर्मा ओलीको बुधवार विहान ९ वजेवाट मिर्गौला प्रत्यारोपण हुने भएको छ ।देशकै प्रमुख कार्यकारी ब्यक्तिले यति ठूलो र जोखीम पूर्ण सल्यकृया स्वदेशमै गराएकोमा ३ करोड नेपाली एकैसाथ उत्साहित भएका छन् । उनीहरुले सफल सल्यकृया र सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 

             प्रत्यारोपण अगाडि मंगलबार प्रधानमन्त्री ओलीको प्री —ट्रान्सप्लान्ट डायलाइसिस र अन्य स्वास्थ्य परीक्षण गरिएको छ। प्रधानमन्त्री ओलीसँगै उनलाई मिर्गौला दान गर्ने भाञ्जी समीक्षा संग्रौला ज्ञावालीको पनि परीक्षण पूरा गरिएको छ। प्रधानमन्त्री ओली र भाञ्जी संग्रौलाको रक्तचाप, नाडी र शरीरको तापक्रमको मापन, रक्तचाप, मुटुको परीक्षण गरिएको छ।

 परीक्षणमा सम्पूर्ण रिपोर्ट राम्रो आएको छ। आज बिहान ९ बजेदेखि प्रत्यारोपण सुरु हुने उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। कुनै पनि बिरामीले जटिल प्रकारको  शल्यक्रिया गर्नु १२ घन्टा अगाडि खानेकुरामा चिकित्सले निगरानी गर्ने हुँदा प्रधानमन्त्री ओली (मामा) र समीक्षा संग्रौला (भाञ्जी) लाई बिहान सादा खानेकुरा खान दिइएको छ। मंगलबार साँझबाट दुवैलाई खान नदिई खाली पेट राखिने भएको छ।  

            डा. अनन्तकुमारलाई काउन्सिको अनुमति १३ वर्षअघि भरतको अपोलो अस्पतालमा पहिलो पटक युरोलोजिस्ट डा. अनन्तकुमार सहितले ओलीको मिर्गौला प्रत्यारोपण गरेका थिए। ओलीको दोस्रो प्रत्यारोपणमा सघाउन नेपाल आएका डा. अनन्तकुमारलाई नेपाल मेडिकल काउन्सिले सोमबार एकसाताको अनुमति दिएको छ। कुनै पनि विदेशी चिकित्सकले नेपालमा आएर सेवा प्रदान गर्न काउन्सिलको अनुमति दिनु पर्ने प्रावधान छ। त्यही प्रावधान अनुसार डा. अनन्तलाई काउन्सिलले एक हप्ता नेपालमा बसी उपचारमा सहभागी हुन अनुमति दिएको हो। १३ वर्षअघि दिल्लीस्थित अपोलो अस्पतालमा पहिलो मिर्गौला प्रत्यारोपण डा.अनन्तकुमारकै नेतृत्वमा भएको थियो। 

        ३५ वर्षदेखि मिर्गौला प्रत्यारोपणमा सक्रिय डा. अनन्तकुमारले ३५ सय बढी मिर्गौला प्रत्यारोपण गरिसकेका छन्। किङ जर्ज मेडिकल युनिभर्सिटी लखनउबाट एमबीबीएस, पिग्मेयर चन्ढीगढबाट एमएस, एमसीएच (युरोलोजी) र बीएनडी (युरोलोजी) गरेका छन्। यसअघि भारतबाट तीनजना चिकित्सकको टोली प्रधानमन्त्री ओलीको प्रत्यारोपणमा संघाउन आउने भनिएको थियो। तर काउन्सिलबाट डा. अनन्तले मात्रै प्रत्यारोपणमा सघाउन कानुनी अनुमति लिएका छन्। 

  मामाभाञ्जी दुवैको शल्यकिया सँगसँगै मामालाई आफ्नो मिर्गौला दिन लागेकी भान्जी र मिर्गौला लिन लागेका मामा ओलीको आज ९ बजेबाट एकसाथ शल्यकृया हुने भएको छ। भाञ्जीको शल्यकृयामा शिक्षण अस्पतालका युरोलोजिल्ट डा. उत्तम शर्माशहितको टोली हुनेछ। झिकिएको मिर्गौला मामा (प्रधानमन्त्री) ओलीकहाँ प्रत्यारोपण गर्न युरोलोजीस्ट तथा सर्जन डा. प्रेम ज्ञवालीसहित भारतबाट आएका चिकित्सक डा. अनन्तकुमारको टोली रहने बताइएको छ। करिब ६ घण्टामा ओलीको प्रत्यारोपण सकिने चिकित्सकहरुले बताएका छन्।

        प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपण सफलताको कामनाका लागि देशका उच्चपदस्थदेखि सर्वसाधारणसम्मले विभिन्न माध्यमबाट शुभकामना दिइरहेका छन् । राजनीतिक नेतृत्वदेखि, कर्मचारी, स्वदेश र विदेशका विभिन्न पेशा व्यवसायी र लाखौँ कार्यकर्ताले मुलुकको कार्यकारी प्रमुख एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् । यही बुधबार विहान ९ वजे गरिने मिर्गौला प्रत्यारोपणको चिकित्सकीय तयारीका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना हुनुभएका प्रधानमन्त्री ओलीलाई स्वदेशकै चिकित्सक र सरकारी अस्पतालप्रति भरोसा गरेकामा पनि प्रशंसा भइरहेको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको समाजिक संजाल मार्फत पनि व्यापक कामना गरिएको छ ।

        राष्ट्रपति विद्या भण्डारी, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ,नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवा  , नेकपाका अध्यक्ष  प्रचण्ड सहितका राजनेताले सफल सल्यक्रिया र सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।  यसैक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटि कपिलवस्तुले एक विज्ञप्ती जारी गरि प्रधानमन्त्री केपी शर्मा ओलीको शिघ« स्वास्थ्य लाभको कामना गरेको छ । जिल्ला अध्यक्ष झविलाल पोख«ेल र सचिव विष्णु शाह द्धारा जारी विज्ञप्तमा ३ करोड नेपालीको भरोसा र आशाका केन्द्र राजनेता प्रधानमन्त्री ओलीको शिघ «स्वास्थ्यलाभको कामना गर्दछौ भनिएको छ । नेपालमै उपचार संभव छ भनी स्वदेशमै उपचार गर्न लाग्नु भएकोमा ओली प्रति सम्मान व्यक्त गर्दछौ विज्ञप्तीमा जनाईएको छ ।

प्रकाशित : २० फाल्गुन २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६