प्रदेश

कपिलवस्तु सामुदायिक अस्पतालले जग्गा दान गर्ने परिवारलाई सम्मान्



कपिलवस्तु २२ फाल्गुन । कपिलवस्तुको वाणगंगा नगरपालीका वडा नं ४ मा रहेको कपिलवस्तु सामुदायिक अस्पताललाई जग्गा दान गर्ने परिवारलाई अस्पताल व्यवस्थापन समितिले वुधवार सम्मान् तथा अभिनन्दन गरेको छ । नगरको वडा नं ४ को डुगहवामा रहेको २ कट्ठा १ धुर जग्गा उपलव्ध गराउने हाल काठमाण्डौ निवासी रामचन्द्र पौडेल र गीतादेवी पौडेलको परिवारलाई समितिले सम्मान् गरेको हो । पौडेल परिवार यस अघि डुगहवामा वस्दै आएको थियो । पौडेल परिवारले १५ लाख वरावरको जग्गा अस्पतालको नाममा वुधवार पास गरि लालपुर्जा अस्पताल परिवारलाई हस्तान्तरण गरेको छ ।

             गरिवी, विपन्न परिवारलाई अस्पताल मार्फत प्रभावकारी सेवा नियमित रुपमा उपलव्ध गराउनका लागि जग्गा दानगरेको आयोजीत सम्मान् कार्यक्रममा जग्गादाता रामचन्द्र पौडेल र उहाँकी श्रीमती गीतादेवी पोडेलले वताउनु भयो । कपिलवस्तु सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामजी सेनको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव पोमनारायण पौडेलले अस्पतालले हाल सम्म गरिरहेका कार्यहरुको वारेमा जानकारी गराउदै २०६६ सालदेखि अस्पतालले सेवा दिदै आएको वताउदै हाल अस्पतालले २ जना विशिषज्ञ डक्टरवाट सेवा दिदै आएको र निटक भविश्यमा १५ सैयावाट ५० सैयाको अस्पताल निर्माण गरि आफ्नो सेवा विस्तार गर्दै लैजाने वताउनु भयो । 

                       अभिनन्नद तथा सम्मान् कार्यक्रममा अस्पतालका डक्टर प्रकाश श्रेष्ठले पोडेल परिवारलाई जग्गा उपलव्ध गराएकोमा धन्यवाद दिदै अस्पतालले विपन्न, गरिव परिवारका लागि अक्षयकोष स्थापना गरि सहयोग गर्दै आउने र अक्षयकोष स्थापनाका लागि सवैले सहयोग गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । सचिव चेतना अधिकारीको संचालन, उपाध्यक्ष दुर्गा केसीको स्वागतमा सम्पन्न कार्यक्रममा अध्यक्ष रामजी सेनले पौडेल परिवारवाट २ कट्ठा जग्गा उपलव्ध गराएपछि हाल अस्पतालको नाममा २ विगाहा भन्दा वढि जग्गा भएको उल्लेख गर्दै अव उक्त जग्गामा अस्पतालको थप अन्य सेवाहरु वढाउने योजनाका साथ अघि वढ्ने वताउनु भयो ।  कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका पदाधिकारी, समाजसेवी, वुद्धिजिवी, संचारकर्मिको सहभागीता रहेको थियो । 

प्रकाशित : २२ फाल्गुन २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६