प्रदेश

सवैतिर कोरोनाको त्रास, बुटवलमा उत्सव



बुटवल, २२ फागुन । प्रदेश ५ सरकारले कोरोनाको संक्रमण फैलिने डरले प्रदेशभरी नै मेला महोत्सव नगर्ने निर्णय गरेको तीन दिन नहुँदै बुटवलमा प्रदेश सरकारकै सहमतिमा महोत्सव सुरु भएको छ । प्रदेश सरकारले आफैले बैशाखमा गर्ने भनेको लगानी सम्मेलन समेत स्थगित गरेको छ तर बुटवलमा प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्येगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सव गर्न स्वीकृति दिएको छ । प्रदेश सरकारको स्वीकृति बमोजिम नेपाल घरेलु तथा साना उद्योग महासघ प्रदेश महिला उद्यमी समिति प्रदेश नं ५ को आयोजनामा लघु घरेलु, साता तथा औद्योगिक एवं पर्यटन महोत्सव बुधवारदेखि सुरु भएको छ । प्रादेशिक स्तरको उक्त महोत्सवको नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले बुधवार उद्घाटन गर्नुभयो । महोत्सवको उद्घाटन गर्दै उहाँले महिलाले मात्रै मेला महोत्सव गर्नु आफैमा ठूलो कुरा भएको बताउँदै महोत्सवलाई सरकारले आफ्नो ठानेर सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । 

                         महिलाहरुले सञ्चालन गरेका उद्योगहरुको बजारीकरणको लागि यस्ता मेला महोत्सवले ठूलो सहयोग गर्ने उहाँको भनाई छ । कार्यक्रममा बोल्दै उद्योग संघ महिला उद्यमी समितिकी केन्द्रिय अध्यक्ष शिवा उपाध्याय (अञ्जु) ले महिलाहरुको आयोजनामा मात्रै मेला सञ्चालन गर्न सक्नु ठुलो कुरा रहेको बताउँदै मेलामा महिलाका उद्योगबाट उत्पादित सामाग्रीको बजारीकरणमा सहयोग पुग्ने धारणा राख्नुभयो । प्रदेश महिला उद्यमी समिति प्रदेश ५ संयोजक शान्ति शर्माले कोरोनाको त्रासले गर्दा मेलाको पहिलो दिनमा उपस्थितिको संख्या कम भएपनि दर्शक संख्या विस्तारै बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पहिलोपटक हुन लागेको प्रदेशस्तरीय मेलामा स्थानिय स्रोतको प्रयोग गरी उत्पादन गरिएका लघु, घरेलु तथा साना उद्योगहरुको उत्पादित वस्तुहरुको दिगो वजार पहँुच स्थापित गर्ने महोत्सवको उद्देश्य रहेको बताउनु भयो । शर्माले महिला उद्यमशीलता, लघु उद्यमशीलता तथा हस्तकलाका उत्पादित सामाग्रीहरुलाई प्रोत्साहन गर्दै उपभोक्ताहरुको रुचि, चाहना र आवश्यकतालाई उत्पादकहरु सम्म पु¥याउने उल्लेख गर्नुभयो ।  उद्घाटन समारोहमा तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष झविन्द्र प्रसाद कण्डेल, नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति प्रदेश ५ उपाध्यक्ष कृष्ण पाठक, संस्थाकी प्रदेश ५ महासचिव पार्वती अधिकारी, एफएनसिसिआई रुपन्देही अध्यक्ष कन्हैयालाल कसौधन, रुपन्देही उद्योग संघका सचिव माया खनाल लगायतले बोल्दै महिलाले सञ्चालन गरेको मेलाले सकारात्मक सन्देश दिएको बताईन् । 

                       मेलाको पहिलो दिन औपचारीक कार्यक्रम मात्रै भएपनि दोस्रो दिनबाट नियममित मनोरञ्जनात्मक कार्यक्रमहरु सञ्चालन हुने आयोजकले जनाएको छ । चैत २ गते सम्म सञ्चालन हुने मेलामा करिब ३ सय स्टलहरु रहेका छन् । महोत्सवमा स्वदेशी वस्तुको प्रवद्र्धनका लागि विशेष प्राथमिकता दिईएको महोत्सवले स्थानिय उत्पादनको दिगो बजारीकरणमा सहयोग पु¥याउने अपेक्षा राखिएको छ । महोत्सवमा कृषि, वन पैदावार, हस्तकला, उर्जा, वायोग्याँस सहित पर्यटन प्रवद्र्धनका स्टलहरुको पनि सहभागिता रहेको छ । महोत्सवमा राष्ट्रिय स्तरका लघु घरेलु तथा साना उद्योगहरुवाट उत्पादित बस्तु एवं सामाग्रीहरु र प्रदेश ५ को मौलिक संस्कृतिको प्रदर्शनी, कृषि उत्पादन एवं प्रविधिको प्रदर्शनी, स्थानिय पर्यटकीय स्थलको जानकारीमूलक प्रदर्शनी, महिला उद्यमीहरुद्धारा उत्पादित हस्तकलाका सामाग्री एवं वस्तुहरुको प्रदर्शनी, नविनतम प्रविधि एवं बैकल्पिक उर्जाको प्रदर्शनी, बैक तथा वित्तिय संघ संस्था एवं सेवा प्रदायक संघ संस्थाहरुको प्रदर्शनी, विभिन्न औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुवाट उत्पादित वस्तु तथा सामाग्रीहरुको प्रदर्शनी लगायतका कुराहरु रहेको आयोजकले जनाएको छ ।महोत्सवको एक करोडको आर्थिक कारोवार हुने एवं ५ लाख दर्शकहरुले अवलोकन गर्ने लक्ष्य राखिएको छ । 

प्रकाशित : २२ फाल्गुन २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६