सूचना र प्रविधि

कोरोना भाइरसविरुद्ध भलाई कोषको सचेतना



बुटवल, २३ फागुन । चीनबाट फैलिएर विश्वमै सन्त्रास फैलाएको कोरोना भाइरसविरुद्ध यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले बिहीबार सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।कोषले आफ्ना पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार एवं कर्मचारीलाई सामूहिकरुपमा भेला गराएर सचेतनामुलक कार्यक्रम गरेको हो । कोरोना भाइरस नेपालमा पनि फैलिन सक्ने भएकाले पूर्व तयारीका उपाय अपनाउनु जरुरी ठानेर सचेतना कार्यक्रम गरिएको कोषका अध्यक्ष दिनेश फुल्लेलले बताउनु भयो । “संक्रमण भइसकेपछि यसको उपचार नभएकाले जोगिने उपायबारे सचेतना कार्यक्रम गरेका हौं”–उहाँले भन्नुभयो ।  कार्यक्रममा कोषका पूर्व अध्यक्ष एवं मानार्थ सदस्य कुमार थापाले कोरोना भाइरसबाट बच्ने उपाय अपनाउन आग्रह गर्नुभएको थियो । उहाँले हात मिलाउनुको सट्टा नमस्कार संस्कृति अवलम्वन गर्न, सरसफाईमा ध्यान दिन, बढी भीडभाडमा नजान र जानैपरे मास्कको प्रयोग गरेर मात्र जान आग्रह गर्नुभयो ।  अर्का पूर्व अध्यक्ष चिनबहादुर गुरुङले कोरोना भाइसरबाट बच्न हात धुने अभियान सञ्चालन गर्नु जरुरी रहेको बताउनु भयो । 

                    कार्यक्रममा कोषका स्वास्थ्य सल्लाहकार बद्री घिमिरेले कोरोना भाइरसविरुद्ध जानकारीमूलक मन्तव्य राख्नुभएको थियो । नियमितरूपमा साबुनपानीले हात धुने, फ्लुजस्तो लक्षण देखिए चिकित्सकसँग परामर्श लिने, वन्यजन्तु तथा घरपालुवा पशुपक्षीसँगको असुरक्षित सम्पर्कबाट टाढा रहनेजस्ता काम गरे कोरोना भाइरसको संक्रमणबाट बच्न सकिने उहाँले बताउनु भयो ।कोषका महासचिव योग गुरुङले यसबारे सतर्कता अपनाएर रोकथामका उपाय पहिल्याउनुपर्ने बताउनु भयो । त्यस अवसरमा भलाइ कोषले आफ्ना  पदाधिकारी, सदस्य, सल्लाहकार एवं कर्मचारीलाई कोरोना भाइरसबाट जोगिनका लागि मास्क वितरण गरेको थियो ।

प्रकाशित : २३ फाल्गुन २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६