सूचना र प्रविधि

भीड जम्मा गरेर होली खेल्न रोक



भैरहवा, २५ फागुन । चीनबाट सुरु भएर विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको सम्भावित खतरालाई मध्यनजर गर्दै रुपन्देही प्रशासनले उच्च सतर्कता अपनाएको छ । अस्पतालमा विशेष सावधानी अपनाउन, मेला महोत्सव रोक्न, भिडभाड गरेर होली नखेल्न, ठूला सभा, समारोह र भोजभतेर नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत जनक थापाले विशेष सूचना जारी गर्दै यस्तो आग्रह गर्नुभएको हो । 

                 जिल्लाका कुनै पनि स्थानमा मानिसहरुको भिडभाड तथा जमघट हुने गरी सार्वजनिक सभा, समारोह, गोष्ठी, ¥याली, धार्मिक मेला, महायज्ञ एवं मेला, महोत्सव तथा भोज भतेर जस्ता कार्यक्रम गर्नका लागि अनुमति प्रदान नगर्न समेत प्रशासनले स्थानीय तहहरुलाई अनुरोध गरेको छ ।  प्रशासनले नियमित रुघाखोकी लागेमा वा उच्च ज्वरो आएमा तथा कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जँचाउन पनि अनुरोध गरेको छ । जिल्लाका सबै स्थानीय तहहरुलाई कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न प्रशासनले आग्रह गरेको छ । त्यसैगरी रुपन्देहीकै कञ्चन गाउँपालिकाले समेत होलीमा सतर्कता अपनाउन आग्रह गरेको छ । गाउँपालिकाका अध्यक्ष गोकर्ण क्षेत्रीले भरसक होली नखेल्न, पानीमा भिजेर होली नखेल्न र रङको प्रयोग धेरै नगर्न समेत अनुरोध गर्नुभयो । 

प्रकाशित : २५ फाल्गुन २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६